कनेक्ट आईपीएसमार्फत् साढे ७९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

  • Technology Khabar | १० भाद्र २०७८, बिहीबार
कनेक्ट आईपीएसमार्फत् साढे ७९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

काठमाडौं ।

नेपालमा श्रावण मध्यसम्म कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार संख्या ३२ लाख ४ हजार ८४५ पुगेको छ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको ताजा स्थूल अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनका अनुसार असार मध्यसम्म कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार सङ्ख्या २१ लाख ६० हजार ६४८ रहेकोमा  १८ लाख ४३ हजार ५५१ थपिएर हाल यो सङ्ख्यामा पुगेको हो।

कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार संख्यासँगै कारोबार रकम पनि त्यसै अनुपातमा बढेको छ।

२०७८ असार मध्ये कनेक्ट आईपीएसमार्फत् १ खर्ब ५८ अर्ब २५ करोड ४० लाख रुपैयाँको कारोबार भएकोमा श्रावण आइपुग्दा यो रकम बढेर २ खर्ब ३७ अर्ब ७५ करोड ८० लाख रुपैयाँ  पुगेको छ।

यो रकम अघिल्लो महिनाको भन्दा ७९ अर्ब ५४ करोड रुपैयाँले बढी हो।

सर्वसाधारणमा डिजिटल प्रविधिमार्फत् कारोबार गर्ने बानीको विकास हुँदै गएको र यसबाट हुने समयको बचत तथा तुरुन्तै कारोबारको स्थिति थाहा पाउन सकिने भएकाले पनि कनेक्टआईपीएस्ता सेवामा आकर्षण बढिरहेको पाइएको छ।

*ह‍ेडलाइन सम्पादित

प्रकाशित: १० भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार