Samsung

डाइमेन्सिटी ७२० चिपसेटसहित सामसङ ग्यालेक्सी एम३२ फाइभजी स्मार्टफोनको घोषणा

डाइमेन्सिटी ७२० चिपसेटसहित सामसङ ग्यालेक्सी एम३२ फाइभजी स्मार्टफोनको घोषणा
Global IME Bank

सामसङले गत जुनमा मिडियाटेकको हिलियो जी८० चिपसेटसहित ग्यालेक्सी एम३२ सार्वजनिक गरेको थियो। अब भने कम्पनीले त्यसैको फलो अपका रुपमा एम३२ फाइभजी ल्याउन लागेको छ।

यो डिभाइसमा यसअघिको फोरजी भर्सनको भन्दा फरक चिपसेट रहने बुझिएको छ। उपलब्ध जानकारी अनुसार यसमा मिडियाटेक कम्पनीकै डाइमेन्सिटी ७२० चिपसेट रहनेछ भने ६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज तथा ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज सहितका दुई भेरियन्ट उपलब्ध हुनेछ।

यी दुवै भेरियन्टमा माइक्रो एसडी कार्डमार्फत् १ टीबीसम्म स्टोरेज बढाउन सकिनेछ।

ग्यालेक्सी एम३२ फाइभजीमा एन्ड्रोइड ११ मा आधारित वन यूआई ३.१ का साथमा सामसङ नक्स सेक्युरिटी सुइट र अल्ट जेड मोड पनि उपलब्ध हुनेछ।

यसमा ६.५ इन्चको एचडी+ इन्फिनिटी-भी डिस्प्ले तथा १३ मेगा पिक्सेलको सेल्फी क्यामरा रहनेछ।

अगाडि ४८ मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा सेट अप रहने यो डिभाइसमा १५ वाट फास्ट चार्जिङसहितको ५००० एमएएच ब्याट्री उपलब्ध हुनेछ।

मूल्यका हिसाबले ६/१२८ भेरियन्टको २८० डलर तथा ८/१२८ भेरियन्टको ३१० डलर तोकिएको छ।

यो सेट भारतमा सेप्टेम्बर २ बाट अमेजन डट इनमार्फत् बिक्री शुरु हुने पक्का भएको छ भने अन्य बजारका बारेमा जानकारी आइसकेको छैन।

Sajilo Visa
easy care