घर तथा अफिसमा खानाको होम डेलिभरी गर्ने ‘भोज’ अब बुटवलमा

  • Technology Khabar | ८ भाद्र २०७८, मंगलवार

काठमाडौं ।

रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई कमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा बिस्तार गरेको छ ।

बुटवल र भैरहवाका लगभग ५० रेस्टुरेन्टबाट सेवा  शुरुआत गरीएको र अन्य रेस्टुरेन्टहरु पनि धमाधम थपिने अग्रवाल बताउँछन् । काठमाडौंमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने अग्रवालले जानकारी दिए ।

शुरुआतमा नै ग्राहकहरुका लागि अफरहरु ल्याएको अग्रवाल बताउँछन्। भोजको पेमेन्ट पार्टनर ईसेवा र फोनेपेबाट भुक्तानी गर्दा ग्राहकहरुले २५ प्रतिशत सम्म छुट पाउने बताइएको छ।

भोजले काठमाडौका ग्राहकहरुलाई जसरी नै बुटवल र भैरवाहामा पनि नयाँ नयाँ अफर सार्वजनिक गर्ने अग्रवालले बताए । उपत्यका बाहिर पहिलो पटक सेवा सुरु गरेको भोजले  केही दिनमै भैरहवामा पनि सेवा दिने संचालक निकेत अग्रवाल बताउँछन् ।

अग्रवालले गौतम बुद्धको जन्मभूमिमा सेवा सुरु गर्न पाएकोमा खुसी व्यक्त गर्दै गुणस्तरीय सेवा उपलब्ध गराउने बताए । कोभिड १९ का कारणले ग्राहकहरु बाहिर जान रुचाउँदैनन्। यो अवस्थामा सबै सुरक्षाका मापदण्डसाथ ग्राहकका अफिस तथा घरमा उनिहरुको मनपर्ने खाना पुर्याएर निर्धक्क भई आफ्नो साथी, परिवारसंग खान र रमाउने वातावरण बनाउने अग्रवालको भनाइ छ ।

भोजको एन्ड्रोइड र आइओएस एप वा आधिकारिक वेबसाइट मार्फत अर्डर खानाको अर्डर गर्न सकिन्छ ।

काठमाडौ उपत्यकामा भोज लगभग ७ सय रेस्टुरेन्ट तथा क्याफे र २० वटा खाद्यान्न स्टोरहरुसंग आवद्ध भएर ग्राहकहरुलाई सेवा उपलब्ध गराई रहेको जनाएको छ ।

प्रकाशित: ८ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार