बालबालिकाहरूको लागि डिजिटल एप नेपाली वर्णमाला २ सार्वजनिक

  • Technology Khabar | ८ भाद्र २०७८, मंगलवार
बालबालिकाहरूको लागि डिजिटल एप नेपाली वर्णमाला २ सार्वजनिक

काठमाडौं ।

कोरोना भाइरसको कारणले लाखौँ बालबालिकाहरू पढ्नुमा बञ्चित भइरहेका बेला फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनीले निशुल्क नेपाली वर्णमाला २ डिजिटल एप गुगल प्ले स्टोरमा सार्वजनिक गरिएको छ ।

साथै यो एपमा बालबालिकाहरूको लागि व्यजन वर्ण, चित्र बनाउ, ज्ञान विज्ञान, खेल र बौद्धिक विकास आदी राखिएको फेस्टका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारी दिए ।

नेपाली वर्णमाला नेपाली बालबालबालिकाहरूको लागि तयार पारिएको नेपाली डिजिटल एप हो । यो एपले बालबालिकाहरूको बौद्धिक तथा मानसिक विकासका लागि तयार पारिएको पाठ्यक्रम एप हो । खेल तथा मनोरञ्जनमा पनि यो एपले बौद्धिक विकासमा झन सहज पुग्ने छ।

यस एपमा भिडियो मार्फत तथा विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिद्धारा बालबालिकाहरूको ध्यान केन्द्रित गराई, बालबालिकाहरूको समय मानसिक तथा बौद्धिक विकासमा लगाउने छ।

नेपाली वर्णमाल एप नेपालीमा प्रस्तुत गरिएको छ, साथै यो एप समय समयमा अपडेट गर्दै नेपाल रैथाने मौलिक भाषामा पनि बनाइने फेस्ट कम्पनिका संस्थापक तथा सिइयो विक्कि महतले जानकारी दिए।

साथै यो एपमा प्रत्येक हप्ताको एक पटक अपडेट हुनेछ। नेपाली वर्णमालामा सात सूचीहरू समावेश गरिएका छन । पाठशालामा व्यन्जनवर्ण, स्वर वर्ण, संख्या पहिचान, रंगहरुको पहिचान, महिना र हप्ताबारहरु, ऋतुहरु, ध्वनि पहिचान समावेश गरिएको छ।

खेलमा चित्र बनाउने, एक चित्र एक अक्षर खेल्ने खेल, ध्वनि सुनेर र भन्ने खेल त्यस्तै दुरदर्शनमा ज्ञान विज्ञानका भिडियो, मेरो डाक्टर सम्बन्धि भिडियो , हस्तकला सम्बन्धि भिडियो आदी समेटेर बनाएको छ।

फेस्टले विशेष गरी शिक्षा क्षेत्रमा काम गरिरहेको छ। नेपाली वर्णमाला एप विभिन्न भाषामा पनि अपडेट गरिने विक्कि महतले जानकारी दिए।

प्रकाशित: ८ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • ८ भाद्र २०७८, मंगलवार