
काठमाडौं ।
अन्तरिक्षमा स्याटेलाइटहरुको समूह स्थापना गरेर त्यसमार्फत् विश्वभर ब्रोडब्यान्ड कनेक्टिभिटी उपलब्ध गराउने इलन मस्कको स्टारलिंक प्रोजेक्टले उपभोक्ताहरुलाई १ लाख ओटा टर्मिनल उपलब्ध गराएको छ।
स्टारलिंकले सन् २०१९ को नोभेम्बरमा स्याटेलाइट प्रक्षेपण शुरु गरेर अर्को वर्ष केही छनोटमा परेका ग्राहकलाई प्रति महिना ९९ डलरमा बिटा कार्यक्रम शुरु नै गरेको थियो।
त्यस बेलादेखि यता स्पेसएक्सले लगभग १ हजार ७ सय स्याटेलाइट स्थापना गरिसकेको छ भने हालै १ लाख सिग्लन तान्ने टर्मिनलहरु पनि पठाइसकेको छ। यसबाहेक कम्पनीले ५ लाखभन्दा बढी टर्मिनलको अर्डर आइसकेको बताएको छ।
100k terminals shipped!https://t.co/Q1VvqVmJ2i
— Elon Musk (@elonmusk) August 23, 2021
स्पेसएक्सले आफ्नो स्टारलिंक सेवालाई छिट्टै अगाडि बढाउन सक्षम भएको देखिन्छ। कम्पनीले हालै फाल्कन ९ रकेटमा आफ्ना स्याटेलाइटहरु प्रक्षेपण गरेको छ। यो भर्टिकल इन्टिग्रेशन कम्पनीको रणनीति पनि हो र हाल यसलाई विश्वमै सबैभन्दा बढी मूल्यांकन गरिएको छ।
स्टारलिंक बिटा प्रोग्रामका अधिकांश उपभोक्ता दुर्गम र ग्रामीण क्षेत्रमा बस्नेहरु रहेका छन्। यस्ता क्षेत्रमा परम्परागत ब्रोडब्यान्ड सीमित वा अनुपलब्ध छ।

यो सेवाका लागि उपभोक्ताले शुरुमा ४९९ डलर तिर्छन् जस अन्तर्गत एउटा स्टार्टर किट, स्पेसएक्सको भाषामा डिसी म्याकफ्लाटफेस नाम गरेको एउटा यूजर टर्मिनल, वाइफाइ राउटर, पावर सप्लाइ, केबल तथा माउन्टिङ ट्राइपड पाउनेछन्।
कम्पनीले भविष्यमा स्टारशिपमार्फत् ब्रोडब्यान्ड इन्टरनेट सेवा सार्वजनकि गर्ने पनि बताएको छ।
प्रकाशित: ८ भाद्र २०७८, मंगलवार