
काठमाडौं ।
विश्वव्यापी चिप अभावका कारण इन्डोनेसियामा रेडमी नोट १० को उत्पादन रोकिएको छ।
गत वर्षदेखि हुँदै आएको विश्वव्यापी चिप अभाव अर्को वर्षसम्म पनि कायम रहने र यसले अटो लगायत अन्य इलेक्ट्रोनिक क्षेत्रलाई अझै असर पार्ने आकलन गरिएको छ।
यसै क्रममा शाओमीको इन्डोनेसिया प्लान्टले यसै कारणले रेडमी नोट १० स्मार्टफोनको उत्पादन रोकिएको बताएको छ।
सीएनबीसीको स्थानीय संस्थाको एक रिपोर्ट अनुसार कम्पनीले आफ्ना फ्यानहरुलाई अन्य मोडल किन्न आग्रह गरिरहेका छन्। यो मोडलको उत्पादनमा चिप अभावले असर पारेपछि कतै अन्य बजारमा पनि यही स्थिति आउने त हैन भन्ने शंका पनि उब्जिएको छ।
शाओमीले यस अघि नै भारतमा रेडमी नोट १० को मूल्य बढाइसकेको छ भने प्रो भेरियन्टको पनि मूल्य बढाएको छ।
इन्डोनेसियामा कम्पनीले रेडमी १० खोज्नेलाई रेडमी १०एस, १० प्रो वा १० फाइभजी किन्न आग्रह गर्दै आएका छन्।
यता नेपालमा पनि केही समय अघिसम्म बजारमा उपलब्ध उक्त डिभाइस हाल अभव देखिएको छ। नेपालका लागि शाओमीको आधिकारिक विक्रेता एमआई नेपालले पनि आफ्ना शोरुमहरुमा यो डिभाइसको स्टक सकिएको जानकारी दिएको छ।
प्रकाशित: ८ भाद्र २०७८, मंगलवार