
काठमाडौं ।
ह्वाट्सएपले छिट्टै आईप्याडका लागि पहिलोपटक एप ल्याउने संकेत गरेको छ। ह्वाट्सएपको इन्ड-टू-इन्ड एन्क्रिप्शन योजना यूजरले फोनलाई उक्त एकाउन्टको मुख्य डिभाइसका रुपमा सेट गर्नका लागि अपरिहार्य फिचर हो।
कम्पनीले गत जुलाइमा नेक्स्ट जेनेरेशन एन्क्रिप्शनमा काम गरिरहेको र यसले स्मार्टफोनको प्रयोगबिना मल्टि-डिभाइस कनेक्शन गर्न सघाउ पुर्याउने बताएको थियो।
यसै क्रममा कम्पनीले आईप्याडका लागि एप ल्याउन लागेको बुझिएको छ। एप्पलइन्साइडरले यसै हप्ता डब्लूएबिटाइन्फो एकाउन्टबाट आएका केही ट्वीटहरुमा आउँदै गरेको ह्वाट्सएपका फिचरहरुका बारेमा विवरणहरु भेटेको थियो।
उक्त एकाउन्टमा मल्टि-डिभाइस बिटा अन्तर्गत आईप्याड र एन्ड्रोइड ट्याब्लेटहरुले ‘लिंक्ड डिभाइस’ का रुपमा पहिलो पटक ह्वाट्सएपमा प्रयोग गर्न सक्नेछन्।
त्यसपछिको फलोअप ट्वीटमा यो वेब एन नभइ नेटिभ एप हुने र यसले स्मार्टफोन अफलाइन मोडमा हुँदा पनि स्वतन्त्र रुपले काम गर्न सक्ने उल्लेख थियो।
• Is WhatsApp for iPad a web app? No, it's a native app!
• Will WhatsApp for iPad work independently? Yes.
• Is WhatsApp for iPad already available? No.
• WhatsApp beta for iPad? If you have WhatsApp beta for iOS, you will automatically have the iPad version in the future. https://t.co/aQYBBtW7Sb— WABetaInfo (@WABetaInfo) August 21, 2021
प्रकाशित: ८ भाद्र २०७८, मंगलवार