
काठमाडौं ।
तपाइँको ल्यापटपको ब्याट्रीलाइफ तपाईँको लागी धेरै महत्त्वपूर्ण छ किनकि यसले तपाईँलाई कामदेखि यात्रासम्म पूरा दिन रहन मद्दत गर्दछ। जेहोस्, अन्य सबै इलेक्ट्रोनिक्स उपकरण जस्तै ब्याट्री समयक्रममा खराब हुन्छ र मृत प्रायः हुन्छ। यस अवस्थामा तपाईँले ब्याकअप प्राप्त गर्नको लागी ल्यापटप ब्याट्री प्रतिस्थापन गर्नु आवश्यक हुन सक्छ।
तर, तपाईँ कसरी तपाईँको ल्यापटप ब्याट्रीको स्वास्थ्य जाँच गर्न सक्नुहुन्छ जब यो प्रयोगमा रहेको छ ? विण्डोज १० मा तपाइँको ब्याट्री स्वास्थ्य परीक्षण गर्न एक गोप्य टूल रहेको छ। यसलाई यसकारण गोप्य भनिएको छ किनकि यो स्टार्ट मेनु वा सेटिंग्समा तपाईँलाई देखिँदैन्।
यहाँ थाहा पाउनुहोस् कि यसमा कसरी पहुँच गर्न सकिन्छ र यो टूलको उपयोग गरेर तपाईँको ल्यापटपको ब्याट्री स्वास्थ्य कसरी जाँच गर्न सक्नुहुन्छ?
स्टेप १- कमाण्ड प्रम्प्ट सुरु गर्नुहोस्। यो गर्नको लागी, विन्डोज सर्च वा स्टार्ट मेनूमा ‘cmd’ वा ‘कमाण्ड प्रम्प्ट’ को सर्च गर्नुहोस्। एक पटक कमाण्ड प्रम्प्ट विन्डो देखा परेपछि, तपाइँलाई ‘C: \’ बाट शुरू हुने फाइल पाथको साथ एक कालो (वा तपाइँले सेट गर्नुभएको कुनै अन्य रंग)को विन्डो देख्नुहुनेछ।
स्टेप २- अब ‘powercfg /batteryreport’ को रूपमा टेक्स्ट टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस्। अब तपाइँले एक फाइल पथका साथमा एक सन्देश देख्नुहुनेछ जसमा ‘ब्याट्री जीवन रिपोर्ट सुरक्षित’ (Battery life report saved) लेखिएको हुनेछ। यो फाइल पाथ तपाइँको ब्याट्री रिपोर्टको लोकेसन हो।
यो सामान्यतया तपाइँको प्रयोगकर्ता फोल्डरमा सुरक्षित हुन्छ र यसको पाथ यस्तो हुन्छः C:\Users [Your_User_Name]\battery-report.html.
स्टेप ३- तपाइँ अब फाइल एक्सप्लोररबाट त्यो फोल्डर खोल्न सक्नुहुन्छ, वा तपाइँ फाइल पाथलाई कपी गर्न सक्नुहुन्छ र फाइल एक्सप्लोररको ठेगाना बारमा राखेर अब इन्टर थिच्नुहोस्।
अब, तपाइँलाई आफ्नो ल्यापटपमा स्थापित ब्याट्रीको एक पूरा ब्याट्री रिपोर्ट प्राप्त हुनेछ। ‘डिजाइन क्यापासिटी फिल्डले यदि तपाँईँको ल्यापटपको ब्याट्री एकदम नयाँ भएको भए कति ब्याट्री लाइफ प्रदान गर्न सक्दथ्यो भनेर देखाउँछ।
‘पूर्ण चार्ज क्षमता’ ले तपाईँलाई अहिलेको ब्याट्रीले दिनसक्ने अधिकतम शक्तिको बारेमा जानकारी प्रदान गर्दछ। यी चीजहरु तुलना गरेर, तपाइँ आफ्नो ल्यापटप ब्याट्रीको खराबीको अवस्था र हेल्थको जानकारी सजिलै प्राप्त गर्नसक्नुहुनेछ।
सो जानकारीको आधारमा तपाईँले नयाँ ब्याट्री किन्ने वा नकिन्ने निर्णय गर्न सक्नुहुनेछ।
प्रकाशित: ६ भाद्र २०७८, आईतवार