अफगानिस्तान र विश्वलाई तालिबानको आधिकारिक सन्देश दिने वेबसाइटहरु अचानक गायब

  • Technology Khabar | ५ भाद्र २०७८, शनिबार
अफगानिस्तान र विश्वलाई तालिबानको आधिकारिक सन्देश दिने वेबसाइटहरु अचानक गायब

काठमाडौं ।

तालिबान वेबसाइटहरु जसले विजयी विद्रोहीहरुको आधिकारिक सन्देश अफगानिस्तान र विश्वलाई पाँच भाषामा दिँदै आएको छ शुक्रवार अचानक अफलाइन भएको छ।

पश्तो, उर्दू, अरबी, अंग्रेजी र दारी भाषाहरुमा आफ्नो बारेमा जानकारी  दिने साइटहरु शुक्रवार अफलाइनमा गए । तर किन र कसरी ती अफलाइनमा गए भन्ने बारेमा कुनै स्पष्ट जानकारी छैन्। ती वेबसाइटहरुलाई एक सान फ्रान्सिस्कोमा आधारित सामग्री वितरण नेटवर्क क्लाउडफ्लेयरद्धारा सिल्ड गरिएको छ । यसका साथै त्यसमा डीओएस प्रोटेक्सन प्रदान गरिएको छ ।

क्लाउडफ्लेयरले  यस बारेमा कुनै जानकारी दिएको छैन् ।

क्लाउडफ्लेयरको सिल्डले सो वेबसाइटका होस्टहरु को हुन भनेर जान्नबाट सर्वसाधारणलाई रोक्छ।

शुक्रवार मात्रै लोकप्रिय इन्क्रिप्टेड मेसेजिंग सेवा व्हाट्सएपले धेरै आतंकवादी समूहहरुलाई हटाएको थियो । इन्टेलिजेन्स ग्रुप साइट जसले अनलाइन उग्रवाद र आतंकबादलाई ट्रयाक गर्दछ त्यसको निर्देशक रीटा काट्जका अनुसार ती समूहहरु हटाईएका थिए।

वेबसाइटहरु हराउने क्रम तालिबानको नयाँ होस्टिंग व्यवस्था सुरक्षितरूपमा ल्याउनसक्ने कारणले अस्थायी हुनसक्छ। तर अमेरिका समर्थित अफगानिस्तान सरकार तालिबानको हातमा परेपछि विश्वभर टेक कम्पनीहरुलाई उनीहरुको गतिबिधिमा प्रतिबन्ध लगाउन दबाब बढिरहेको छ । एजेन्सीहरु

प्रकाशित: ५ भाद्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार