
काठमाडौं ।
एप्पल इंकले कोभिड -१९ को बढ्दो केस र नयाँ भेरियन्टको चिन्ताका कारण कर्पोरेट कार्यालयहरुमा कर्मचारीहरु फिर्ता गर्ने कार्यमा ढिलाइ गर्दै अब अक्टोबरबाट सन् २०२२ को जनवरीसम्म पुर्याएको छ।
ब्लूमबर्ग न्यूजका अनुसार आईफोन निर्माताले एक मेमोमा स्टाफलाई दिएको जानकारीअनुसार यसले कर्मचारीहरु कार्यालयमा फर्कनु भन्दा एक महिना पहिले पुन: खोल्ने योजना सुनिश्चित गर्नेछ।
एप्पलले यसअघि सेप्टेम्बरको सुरुसम्म साताको सोमबार, मंगलबार र बिहीबार आफ्ना कर्मचारीहरुलाई अक्टोबरसम्म ढिलाइ गर्नुभन्दा पहिले आफ्ना कार्यालयहरुमा फर्कन आग्रह गरेको थियो। जसअनुसार कर्मचारीहरु बुधवार र शुक्रवार रिमोट वर्क वा वर्क फ्रम होममा काम गर्न सक्षम हुनेछन्।
ब्लूमबर्गको रिपोर्ट अनुसार, मानव संसाधन र रिटेल प्रमुख डाइड्रे ओ’ब्राइनद्वारा पठाइएको मेमोमा कम्पनीले हाल आफ्नो कार्यालयहरु वा खुद्रा पसलहरु बन्द गर्ने आशा नगरेको तर उनले कडाईका साथ कर्मचारीहरुलाई खोप लगाउन को लागी प्रोत्साहित गरेकी छिन् ।
प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार