
काठमाडौं ।
अमेजन एलेक्सामा अब भारतीय सिनेमाका महानायक अमिताभ बच्चनको आवाज उपलब्ध हुने भएको छ। अर्थात् अब एलेक्साले यूजरसँग अमिताभ बच्चनको आवाजमा कुरा गर्नेछ।
यसबाहेक एन्ड्रोइड प्रयोगकर्ताले अमेजन शपिङ एपमा एक वर्षका लागि अमिताभ बच्चनको आवाज सेलेक्ट गर्न सक्छन्। यसको लागि यूजरले माइक आइकनमा क्लिक गर्नुपर्ने हुन्छ। यसको एक वर्षको महसुल १४९ रुपैयाँ भारु पर्ने अमेजन इन्डियाले जनाएको छ।
यो आवाज सेलेक्ट गर्नका लागि ‘एलेक्सा, इन्ट्रोड्युस मी टु अमिताभ बच्चन’ भन्नुपर्ने हुन्छ।
यसपछि ‘अमित जी’ भन्ने सम्बोधनसहित अन्तरक्रिया गर्न सकिन्छ। एलेक्सामा उनकै आवाजमा उनको जीवन कथा, उनका पित कवि हरिवंश राय बच्चनका कविता, टङ ट्विस्टर्, मोटिभेशनल कोट लगायत थुप्रै फिचर सामग्रीको आनन्द लिन सकिने बताइएको छ।

साथमा कस्टमर्स म्यूजिक, अलार्म सेट तथा मोसमी जानकारी र अपडेट पनि अभिताभ बच्चनको सिग्नेचर स्टाइलमा सुन्न सकिनेछ। यसबाहेक शपिङ, जनरल इन्फर्मेशन, रुटिन, स्मार्ट होम कन्ट्रोल र स्किललगायत अन्य चिजका लागि पनि एलेक्सा सेवा उपलब्ध रहेको छ।
यसबाहेक अमेजनकै इको डिभाइसमा पनि अमिताभ बच्चनको आवाजमा हिन्दी र अंग्रेजी दुवै भाषामा अन्तरक्रिया गर्न सकिनेछ।
अमिताभ बच्चनको आवाजमा बर्थडे विश पनि गर्न सकिनेछ र यसका लागि आज आफ्नो बर्थडे भएको जानकारी दिनुपर्ने हुन्छ।
प्रकाशित: ३ भाद्र २०७८, बिहीबार