
काठमाडौं ।
नबिल बैंकले नबिल क्यास मेशिन जारी गरेको छ। आधुनिक बैंकिङ युगको सुरुवात गर्ने तर्फ केन्द्रित हुँदै यस नबिलको क्यास मेशिनले ग्राहकहरुलाई एटिएम मार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ।
यस प्रविधी नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ।अब ग्राहकहरुले मेशिनमा एक हजार, ५ सय, १ सयको नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा ९९ हजार ९०० जम्मा गर्न सक्ने छन्।
साथै यस मार्फत नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्ने छन्। साथै यस मार्फत ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्नेछन्।
बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरुमार्फत सेवा दिँदै आएको जनाएको छ।
प्रकाशित: २ भाद्र २०७८, बुधबार