तालिबानसम्बद्ध एकाउन्टलाई इजाजत नदिने यूट्युबको भनाइ

  • Technology Khabar | २ भाद्र २०७८, बुधबार

काठमाडौं ।

गुगलको माउ संस्था अल्फाबेट इंकले आफ्नो नीति अनुसार तालिबानसम्बद्ध व्यक्तिले बनाएका एकाउन्टलाई इजाजत नदिइने बताएको छ।

मंगलबार सामाजिक सञ्जालहरुलाई अफगानिस्तानमा यति छिटै पकड जमाउन सक्ने समूदायहरुलाई कसरी व्यवस्थापन गर्छन् भन्ने प्रश्नमा यस्तो अभिव्यक्ति आएको हो।

तालिबानीहरु २० वर्षपछि अफगानिस्तानको सत्तामा आएका र त्यहाँ उपलब्ध वाक स्वतन्त्रता, तथा महिला अधिकार लगायतका खोसिन सक्ने र फेरि अफगानिस्तान विश्व आतंकवादको केन्द्र बन्न सक्ने त्रास विश्व भर नै छाएको छ।

एक अर्को खबरमा फाइनान्सियल टाइम्सले फेसबुकले पनि तालिबान समूहले आइतबार सत्ता कब्जा गरेपछि जनताका लागि खोलेका ह्वाट्सएप मेसेज सेवामार्फतको हटलाइन सेवा बन्द गरेको छ।

प्रकाशित: २ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...