
काठमाडौं ।
सामाजिक संजालमा आधारित इ-कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्ध गराइएका शेयरहरु ३१ अगष्ट २०२१ (न्यूयोर्क समय मध्य रात १२ बजे) सम्म खरीद गर्न सकिने छ।
इच्छुक लगानीकर्ताहरुले ‘सीु क्लासको शेयर, प्रति शेयर ३० डलरको दरले कम्तीमा ९०० डलरको शेयर खरिद गर्न पाउने छन् । गत जुलाई महिनाको अन्त्यसम्ममा संसारभरिका ४ हजार ५०० सयभन्दा बढी लगानीकर्ताहरुले सगुनका शेयर किनेका छन् ।
सगुनले जून २०२१ मा अमेरिकी कम्पनी एक्जेम्प्लर कन्सल्टिंगसँग लगानी, व्यापार, आय तथा भविष्यको वृद्धिबारे ‘स्ट्राटेजीक पार्टनरशिप’ सम्बन्धी सम्झौता गरेका छ । उक्त सम्झौता अनुसार अहिले रेग ए प्लस (मिनी आइपिओ) बन्द गर्न लागेको कम्पनीले जनाएको छ।
सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन् । सगुन एप गुगल प्लेस्टोर र एप स्टोर बाट सजिलै डाउनलोड गर्न सकिन्छ ।
सगुनमा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियो शेयर, आफ्ना साथीहरुसंग कुराकानी गर्न सक्छन् । उनीहरुले कमाएको ‘स्मार्ट क्वोइनु’ हरु परिवार र साथीहरुलाई उपहार पनि किन्न खर्च गर्न सक्छन् ।
प्रयोगकर्ताहरुले अहिले सम्म १ अर्ब ७० करोड भन्दा बढी ‘स्मार्ट क्वोइन’ हरु आर्जन गरिसकेका छन् जसमध्ये ५३ करोड ३० लाख ुस्मार्ट क्वोइनु हरु परिवार तथा साथीहरुलाई उपहार दिन वा किनमेल गर्न खर्च गरि सकेका छन् ।
रेग ए प्लस (मिनी आइपिओ) स्वीकृत भएका कम्पनीहरुमा विश्वभरिका लगानीकर्ताहरुले शेयर खरीद गर्न सक्छन् ।
नेपाल सरकारको नियम अनुसार नेपाल भित्र बसोबास गर्ने नेपालीहरुले शेयर खरिद गर्न नपाएता पनि संसारभरि रहेका गैर आवासीय नेपालीहरु लगायत अन्य सबैले सगुनको शेयर किन्न पाउँछन् । सगुनको शेयर खरीद गर्न www.sagoon.com/invest मा गएर आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
स्मरणरहोस् नेपालीहरुले विदेशी कम्पनीमा शेयर लगानी गर्न पाउँदैनन्।
प्रकाशित: २ भाद्र २०७८, बुधबार