मोटो जी५० फाइभजीमा डाइमेन्सिटी ७०० चिपसेट रहने

  • Technology Khabar | २ भाद्र २०७८, बुधबार

काठमाडौं ।

साइपान कोडनेम भएको मोटो जी५० फाइभजीका सोमबार केही फोटोहरु लीक भएका थिए भने आज केही स्पेसिफिकेशन पनि बाहिरिएका छन्।

बाहिर आएका स्पेसिफिकेशन अनुसार यो यसअघि आएको इबिजा कोडनेम भएको मोटो जी५० फाइभजीजस्तै एउटा इन्ट्री लेभल फाइभजी फोन हुने बुझिएको छ।

यसबाहेक यो डिभाइसमा ७ एनएम प्रोसेसमा बनेको डाइमेन्सिटी ७०० चिपसेट तथा मालीजी५७ एमसी२ जीपीयूका साथमा २.७७ जीबी फाइभजी सब-६ मोडम रहनेछ।

योभन्दा अगाडिको इबिजामा ८ एनएम प्रोसेसमा बनेको स्न्यापड्रागन ४८० चिपसेट रहेको थियो। त्यसबाहेक एड्रिनो ६१९ जीपीयू र २.५० जीबी मोडम रहेको थियो।

यसबाहेक बाँकी स्पेसिफिकेशन उस्तै रहेका छन् जसमा ७२०x१६०० पिक्सेल रेजोल्युशन भएको  ६.५ इन्चको डिस्प्ले तथा ४ जीबी र्याम र ६४ जीबी आन्तरिक मेमोरी रहनेछ।

फोटोका लागि पछाडि ४८ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअपका साथमा पावरका ४७०० एमएएच ब्याट्री दिइएको छ। यो डिभाइस कुन क्षेत्रमा कहिले सार्वजनिक हुन्छ भन्ने यकिन भएको छैन।

प्रकाशित: २ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया