इन्टरनेटमा रहेको अस्वस्थ प्रतिस्पर्धा रोक्न नियममा कडाइ गर्दै चीन

  • Technology Khabar | १ भाद्र २०७८, मंगलवार

काठमाडौं ।

चीनको बजार नियामकले इन्टरनेटमा रहेको अस्वस्थ प्रतिस्पर्धा रोक्ने उद्देश्यले मंगलबार नयाँ नियमहरुको मस्याैदा जारी गरेको छ। बेइजिङ केही समययता प्रविधि क्षेत्रमाथि कडाइ गर्दै आइरहेको छ।

बजार नियमनका लागि राज्य प्रशासन एसएएमआरले प्रकाशन गरेको उक्त नियमले विभिन्न कम्पनीले झूटो प्रडक्टका समीक्षा गर्न रोक्नका लागि कम्पनीहरुले कसरी कम्पनीहरुले डाटा प्रयोग गर्न सक्छन् भन्नेबारेमा थुप्रै निषेधहरु समेटेको छ।

यो खबर सार्वजनिक भएपछि चीनमा सूचीकृत भएको हङकङको शेयर बजारमा निकै गिरावट आएको छ। गेमिङ जायन्ट टेन्सेन्टको शेयरमा बिहान ३.५ प्रतिशत झरेको थियो भने ई-कमर्श जायन्ट अलिबाबाको शेयर मूल्य २.५ प्रतिशत गिरावट आएको थियो।

एसएएमआरले ल्याएका नियममध्ये केही महत्वपूर्ण बुँदाहरु यस्ता छन्:

  • सेवा प्रदायकहरुले कुनै पनि सामग्रीमा क्लिक भएको झूटो तथ्याङ्क पेश गर्न नपाउने
  • सेवा प्रदायकले नकारात्मक समीक्षा लुकाएर सकारात्मक समीक्षामात्र प्रचारप्रसा गर्न नहुने
  • इन्टरनेट प्लेटफर्मले उपभोक्ताको छनोटमा प्रभाव पार्नेगरी डाटा, अल्गोरिदम तथा अन्य प्राविधिक तथ्यहरु प्रयोग गर्न नपाउने अर्थात् तथाकथित ट्राफिक हाइज्याक गर्ने तरिका अपनाउन नपाइने
  • अपरेटरहरुले प्रतिस्पर्धीहरुका व्यापिक जानकारी विश्लेषण गर्ने उद्देश्यले डाटा तथा अल्गोरिदम प्रयोग गर्न नपाइने

कुनै अपरेटरले नियम मिचेमा डाटा अडिट गर्न आफूले तेस्रो पक्षका संस्थाहरुलाई संलग्न गराउन सक्ने एसएएमआरले जानकारी दिएको छ।

प्रकाशित: १ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार