इन्टेलले सन् २०२२ मा ल्याउने कन्जुमर ग्राफिक प्रडक्टको नाम आर्क रहने

  • Technology Khabar | १ भाद्र २०७८, मंगलवार
इन्टेलले सन् २०२२ मा ल्याउने कन्जुमर ग्राफिक प्रडक्टको नाम आर्क रहने

काठमाडौं ।

इन्टेलले आफ्नो सन् २०२२ मा आउने कन्जुमर ग्राफिक प्रडक्टको नाम आर्क राखेको छ। यो सन् २०२२ को पहिलो त्रैमासमा बजारमा आउने बुझिएको छ।

कम्पनीले आफ्नो पहिलो हार्डवयर एक्सई माइक्रोआर्किटेक्चरमा आधारित हुने र यसलाई अल्केमिस्टका नामले चिनिने बताएको छ।

आधिकारिक रुपमा डीजी२ भनिने यो यसको पहिलो एक्सईमा आधारित डिस्क्रिट जीपीयू डीजी१ को अपग्रेडेड भर्सन हो। यो सन् २०२० मा बजारमा ल्याइएको थियो।

अल्केमिस्टमा हार्डवयरमा ‍आधारित रे ट्रेसिङ रहने, यसले सुपर स्याम्प्लिङका लागि एआईको प्रयोग गर्ने र डाइरेक्टएक्स १२ अल्टिमेट सपोर्ट गर्ने बुझिएको छ। यो डेस्कटप र नोटबुक फर्म फ्याक्टरसहित आउनेछ।

इन्टेलले आफ्नो हार्डवयरको आउँदो जेनेरेशनलाई ब्याटलमेज, सेलेसियल तथा ड्रुइड नाम दिइने पनि बताएको छ।

प्रकाशित: १ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार