
काठमाडौं ।
फेसबुकले तालिबान र उसलाई समर्थन गर्ने सबै सामग्रीलाई आफ्नो प्लेटफर्मबाट प्रतिबन्ध लगाएको भन्दै समूहलाई आतंकवादी संगठन मान्दै आएको बताएको छ।
कम्पनीले यो समूहसँग जोडिएको सामग्री निगरानी गर्न र हटाउनको लागी अफगान विशेषज्ञहरुको एक समर्पित टिम रहेको बताएको बीबीसीले उल्लेख गरेको छ।
वर्षौंदेखि तालिबानले आफ्नो सन्देश फैलाउन सामाजिक सञ्जाल प्रयोग गर्दै आएको छ।
अफगानिस्तानमा यसले तिब्रगतिमा कब्जा गरेसँगै टेक्नोलोजी फर्महरुको लागी समूहसँग सम्बन्धित सामग्रीसँग कसरी व्यवहार गर्ने भनेर नयाँ चुनौतिहरु पैदा भएको छ।
“तालिबानलाई अमेरिकी कानून अन्तर्गत आतंकवादी संगठनको रुपमा मान्यता दिइएको छ र हामीले उनीहरुलाई हाम्रो खतरनाक संगठन नीतिहरु अन्तर्गत हाम्रो सेवाहरुबाट प्रतिबन्धित गरेका छौं। यसको मतलब हामी तालिबानद्वारा वा तालिबानको तर्फबाट राखिएका एकाउन्टहरु हटाउँछौं र उनीहरुको प्रशंसा, समर्थन र प्रतिनिधित्व गर्न निषेध गर्दछौं, “एक फेसबुक प्रवक्ताले बीबीसीलाई भने।
“हामीसँग अफगानिस्तान विशेषज्ञहरुको एक समर्पित टोली छ, जो मूल निवासी दारी र पश्तो भाषीहरु हुन् र स्थानीय सन्दर्भको ज्ञान छ, प्लेटफर्ममा उठिरहेको मुद्दाहरु लाई पहिचान गर्न र हामीलाई सचेत गराउन मद्दत गर्दछन,” उनीहरुले थपे।
सामाजिक सञ्जाल जायन्टले भनेअनुसार यसले राष्ट्रिय सरकारहरुको मान्यताको बारेमा निर्णय गर्दैन बरु “अन्तर्राष्ट्रिय समुदायको अधिकार” लाई पछ्याउँछ।
फेसबुकले प्रकाश पारेको छ कि यो नीति यसको प्रमुख सामाजिक मिडिया नेटवर्क, इन्स्टाग्राम र ह्वाट्सएपसहित सबै प्लेटफर्महरुमा लागू हुन्छ।
प्रकाशित: १ भाद्र २०७८, मंगलवार