शाओमीले एमआई प्याड ५ को २ लाख यूनिट पाँच मिनेटमा बेच्यो यस्तो ट्याब्लेटको छ फिचरहरु

  • Technology Khabar | ३२ श्रावण २०७८, सोमबार
शाओमीले एमआई प्याड ५ को २ लाख यूनिट पाँच मिनेटमा बेच्यो यस्तो ट्याब्लेटको छ फिचरहरु

काठमाडौं ।

केहि दिन पहिले, शाओमीले आधिकारिक रूपमा आफ्नो एमआई मिक्स ४ स्मार्टफोनको साथ साथै एमआई प्याड ५ श्रृंखला आफ्नो घरेलु बजार चीनमा, केहि अन्य उत्पादनहरुका साथमा लन्च गरेको थियो।

आज सोमबार यी डिभाइसहरु आधिकारिक रुपमा चिनियाँ बजारमा पहिलो पटक बिक्रीमा उपलब्ध भएका छन् ।

शाओमीले यो पहिलो बिक्रीमा, केबल एक मिनेट भित्र ३० करोड युआन मूल्यको उत्पादनहरु बेचेको घोषणा गरेको छ। कम्पनीले एमआई प्याड ५ सिरिजको २ लाख युनिट पाँच मिनेटमा बेचेको थियो।

जबकि एमआई प्याड ५ पहिलो बिक्री मा २,००,००० युनिट बेच्न सफल भयो, तर मानिसहरुले कीबोर्ड र स्टाइलससहित ट्याब्लेटको एसेसरिजको स्टकको कमीको बारेमा गुनासो गरेका छन्। कम्पनीले यसमा जानकारी लिएको र समस्या समाधान गर्ने प्रयास गर्ने वाचा गरेको छ।

एमआई प्याड ५ को ६जीबी प्लस १२८ जीबी स्टोरेज मोडेलको मूल्य १,९९९ छ भने ६जीबी प्लस २५६ जीबी स्टोरेज मोडेल २,२९९ युआन मूल्य राखिएको छ। अर्कोतर्फ, प्रो मोडेलको ६जीबी प्लस १२८ जीबी स्टोरेज मोडेलको लागी २४९९ युआन छ जबकि ६जीबी प्लस २५६ जीबी स्टोरेज मोडेलको २,७९९ युआनमा उपलब्ध छ। ६जीबी प्लस २५६ जीबी स्टोरेज मोडेलको भण्डारणको साथ प्रो मोडलको ५जी भेरियन्टको मूल्य  ३४९९ युआनमा उपलब्ध रहेको छ।

स्पेसिफिकेशनको हिसाबले, यो ट्याब्लेटमा ११ इन्चको १२० हर्ज डिस्प्ले, स्न्यापड्रागन ८६० प्रोसेसर, ६ जीबी र्याम, स्टोरेजमा विकल्प, १३ एमपी प्राइमरी क्यामरा, ८ एमपी सेल्फी क्यामरा, एमआईयूआई प्याड, ८,७२० एमएएचको ब्याट्री र ३३ वाट फास्ट चार्जिंग सपोर्ट रहेको छ।

प्रो मोडलको ५जी भेरियन्टमा भने प्रोसेसरका साथै क्यामरा र ब्याट्री क्षमता अधिक रहेको छ ।

शाओमीको यो ट्याबलेट विश्व बजारमा कहिले आउँछ भन्ने कुनै जानकारी छैन् ।

प्रकाशित: ३२ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Election Commission consults experts on voting access for Nepalis abroad

  • Technology Khabar
  • ३२ श्रावण २०७८, सोमबार