अर्बिटल स्ट्याकसहितको स्टारशिप केही हप्तामा तयार हुने मस्कको भनाइ

  • Technology Khabar | ३१ श्रावण २०७८, आईतवार
अर्बिटल स्ट्याकसहितको स्टारशिप केही हप्तामा तयार हुने मस्कको भनाइ

काठमाडौं ।

स्पेसएक्सका संस्थापक इलन मस्कले शनिबार आफ्नो स्टारशिप रकेटको पहिलो अर्बिटल स्ट्याक केही हप्तामा उडानका लागि तयार हुने बताएका छन्।

यो प्रक्षेपणले अर्बपति मस्कलाई उनले देखेको ‘अर्बिटल’को पहिले सपना नजिक र त्यसपछि अन्तरग्रह भ्रमणसम्म पुर्याउनेछ।

स्पेसएक्सले गत मे मा एसएन१५ नामको पुन: प्रयोग गर्न मिल्ने आफ्नो स्टारशिपको प्रोटोटाइप सफलतापूर्वक परीक्षण गरेको थियो। यसले अन्तरिक्षयात्री तथा ठूला कार्गोलाई चन्द्रमा मंगल ग्रहसम्म पुर्याउन सक्छ।

यो प्रक्षेपण यसअघिका ४ ओटा प्रोटोटाइप जमीनमा अवतरण गर्दा विस्फोट भएपछि पाँचाैं पटकमा सफल भएको थियो।

‘स्टाशिपको पहिलो अर्बिटल स्ट्याक केही हप्तामा उडानका लागि तयार हुनुपर्छ। यसका केही नियामक अनुमोदनहरुमात्र बाँकी रहेका छन्,’ मस्कले ट्वीटमा भनेका छन्।

स्पेसएक्सको नेक्स्ट जेनेरेशन प्रक्षेपण यन्त्र स्टारशिपको एउटा पूर्ण रकेटलाई सुपर-हेभी पहिलो चरणको बूस्टरमा राखेपछि १२० मिटर अग्लो रहेको छ।

टेस्ला इंकका प्रमुख मस्क यसमार्फत् मानिसहरुलाई सुपथ खर्चमा अन्तरिक्ष यात्रा गराउने महत्वाकांक्षा लिएर अघि बढिरहेका छन्।

यो अर्बिटल स्टारशिपको आधिकारिक उडान यो वर्षको अन्त्यलाई तोकिएको छ र मस्कले सन् २०२३ मा जापानका अर्बपति व्यवसायी युसाकु माएजावालाई स्टारशिपमा चन्द्रमासम्म पुर्याउने बताएका छन्।

प्रकाशित: ३१ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ३१ श्रावण २०७८, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • ३१ श्रावण २०७८, आईतवार

NOC from Nagarik App

  • ३१ श्रावण २०७८, आईतवार

E-pension verification system launched

  • ३१ श्रावण २०७८, आईतवार