आईफोन स्क्यानिङ फिचरका बारेमा भएको अन्योलबारे एप्पलको पछुतो

  • Technology Khabar | ३१ श्रावण २०७८, आईतवार
आईफोन स्क्यानिङ फिचरका बारेमा भएको अन्योलबारे एप्पलको पछुतो

काठमाडौं ।

एप्पलले बाल याैन दुराचार रोक्नका लागि ल्याएएको आफ्नो स्वचालित मेसेज स्क्यानिङ टूलले अन्योल सिर्जना गरेको बताएको छ।

गत अगस्ट ५ मा कम्पनीले नयाँ फोटो डिटेक्शन सफ्टवयर जारी गरेको थियो जसले आईक्लाउड स्टोरमा अपलोड गरिएका अवैध फोटोहरु पत्ता लगाउने बताइएको थियो।

गोपनीयता समूहले यो समाचारको निकै आलोचना गरेका थिए। तीमध्ये केहीले एप्पलले आफ्नो सफ्टवयरमा सेक्युरिटी ब्याकडोर निर्माण गरेको आरोप लगाएका थिए।

कम्पनीका सफ्टवयर प्रमुख क्रेग फेडेरिगीले हालै वाल स्ट्रीट जर्नलको एउटा अन्तरवार्तामा उक्त घोषणालाई सर्वत्र ‘गलत रुपमा बुझिएको’ र कम्पनीले यसलाई अझै स्पष्ट रुपमा आएको भए राम्रो हुने महसुस गरेको बताएका छन्।

उनले अर्को एउटा समाचार माध्यमलाई एकै समयमा दुई ओटा फिचर ल्याइएकाले पनि यो अन्योल सिर्जना भएको बताए।

यी दुई नयाँ टूल के हुन्?

एप्पलले बालाबालिकाको सुरक्षाका लागि दुई नयाँ टूल सार्वजनिक गरेको थियो। ती दुई फिचर शुरुमा अमेरिकामा लागू हुने बताइएको छ।

इमेज डिटेक्शन

पहिलो टूल इमेज डिटेक्शनले कुनै यूजरले आईक्लाउड स्टोरेजमा उपलोड गरेको बाल योन दुर्व्यवहार सामग्री सीएसएएम लाई पत्ता लगाउने गर्दछ।

मेसेज फिल्टरिङ

आईक्लाउड टूलबाहेक एप्पलले आमाबाबुले आफ्ना बालबालिकाका एकाउन्टमा नियन्त्रण गर्न सक्ने प्यारेन्टल कन्ट्रोलको पनि घोषणा गरेको थियो।

यो प्रणाली एक्टिभेट गरेपछि त्यसले एप्पलको आईमेसेजमार्फत् बालबालिकाले अरुलाई पठाएका तथा बालबालिकालाई अरुले पठाएका फोटोहरु याैन दुर्व्यवहारयुक्त छ कि छैन भने परीक्षण गर्छ।

यदि गलत फोटो भेटिएमा प्रणालीले हेर्न नमिल्ने बनाएर बालबालिकालाई चेतावनी नोटिफिकेशन पठाउँछ।

आमाबाबुले पनि यदि आफ्नो बादलबालिकाले उक्त फोटो हेर्न चाहेको खण्डमा नोटिफिकेशन आउने बनाउन् सक्छन्।

प्रकाशित: ३१ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ३१ श्रावण २०७८, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • ३१ श्रावण २०७८, आईतवार

NOC from Nagarik App

  • ३१ श्रावण २०७८, आईतवार

E-pension verification system launched

  • ३१ श्रावण २०७८, आईतवार