काठमाडौं ।
अन्तरिक्ष पर्यटनको कारोबार गर्ने भर्जिन ग्यालेक्टिक होल्डिङ्गस इंकको संस्थापक र बेलायती अर्बपति रिचर्ड ब्रान्सनले आफ्नो शेयरको एक हिस्सा लगभग ३० करोड डलरमा बिक्री गरेका छन् ।
बिहीबार ढिलो बुझाईएको एक नियामक फाइलअनुसार ब्रान्सनले अगस्त १० र १२ को बीचमा १ करोड सेयर बेचेको रोयटर्सले उल्लेख गरेको छ।
यो कदम अन्तरिक्ष पर्यटन कम्पनीको उडान बोर्डमा ब्रान्सनसहित अन्तरिक्षमा आफ्नो पहिलो पूर्ण चालक दलले परीक्षण उडान पूरा गरेको एक महिनापछि भएको छ।
‘सेयर बिक्रीबाट प्राप्त पैसा ब्रान्सनको भर्जिन समूहको महामारीबाट प्रभावित मनोरन्जनातम्क र यात्रा व्यवसायलाई सहयोग गर्नका साथै नयाँ ब्यापार बिकास गर्न प्रयोग गरिनेछ,’ बेलायती समूहका प्रवक्ताले भने।
पछिल्लो बिक्रीपछि ब्रान्सनसँग लगभग लगभग १.२ अर्ब डलरको करिब ४ करोड ६३ लाख शेयर बाँकी रहेको छ । उनले अप्रिलमा १५ करोड डलर भन्दा बढीको शेयर बेचेका थिए।
ब्रान्सनको भर्जिन इन्भेस्टमेन्ट स्पेस टुरिजम कम्पनीको सबैभन्दा ठूलो शेयरधारक हो र रिफिनिटिभ डाटाअनुसार जुन महिनासम्म लगभग २२% को हिस्सेदारी छ।
शेयर बिक्री गरेसँगै कम्पनीको शेयर मूल्यमा ३ प्रतिशतको गिरावट आएको थियो। हाल कम्पनीको शेयर मूल्य २५.१८ अमेरिकी डलर रहेको छ।
प्रकाशित: ३१ श्रावण २०७८, आईतवार