विद्यालयबाट चोरी गरेका कम्प्युटर र ल्यापटपसहित तीन जना पक्राउ

  • Technology Khabar | ३० श्रावण २०७८, शनिबार
विद्यालयबाट चोरी गरेका कम्प्युटर र ल्यापटपसहित तीन जना पक्राउ

काठमाडौं ।

धनुषाको एक विद्यालयबाट चोरी भएका कम्प्युटरसहित प्रहरीले तीन जनालाई पक्राउ परेको छ ।

गत साउन १८ गते धनुषाको बटेश्वर गाउँपालिका–२ भुचक्रपुरस्थित जन प्रिय माध्यमिक विद्यालयका २ थान ल्यापटप र ३२ थान कम्युटर चोरी भएको थियो ।

चोरी आरोपमा बटेश्वर गाउँपालिका ४ का प्रमोद महतो सोही ठाउँका बुधन महतो र मिथिला नगरपालिका–८ निवासी रामप्रकाश महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

चोरी भएको कम्प्युटर दश दिनपछि प्रहरीले गोप्य सूचनाको अधारमा प्रमोदको घरबाट बरामद गरेको हो । विद्यालयबाट चोरिएका ३२ थानमध्ये १८ थान कम्प्युटर महतोको घरमा फेला पारेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रकाशित: ३० श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार