नेपाल टेलिकमले ग्राहकहरुबाट हुने आम्दानी बढायो

  • Technology Khabar | ३० श्रावण २०७८, शनिबार
नेपाल टेलिकमले ग्राहकहरुबाट हुने आम्दानी बढायो

काठमाडौं ।

नेपाल टेलिकमले ग्राहकहरुबाट हुने आम्दानी बढाउन सफल भएको छ।यस्तो आम्दानी त्रैमासिकरुपमा ६६ करोड ९० लाख ६० हजार रुपैयाँले बढाएको छ।

टेलिकमले आज सार्वजनिक गरेको गत आ.व. २०७७/७८ को वित्तीय बिबरणअनुसार कम्पनीले असार मसान्तमा सकिएको चौथो त्रैमासमा ग्राहकहरुबाट हुने आम्दानी बढाएर ८ अर्ब ४५ करोड २३ लाख ८० हजार रुपैयाँ पुर्याएको छ।

जबकी यस्तो आम्दानी अघिल्लो वर्षको सोही त्रैमासमा ७ अर्ब ७८ करोड ३३ लाख २० हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले ग्राहकहरुबाट हुने आम्दानीमा वार्षिकरुपमा समेत वृद्धि गर्न सकेको देखिन्छ । वित्तीय बिबरणअनुसार नेपाल टेलिकमले वार्षिकरुपमा आम्दानी ३५ अर्ब ९० करोड ३७ लाख १८ हजार रुपैयाँ ग्राहकहरुलाई प्रदान गरेको सेवा बापत कमाएको छ । यस्तो आम्दानी गत आर्थिक वर्षमा ३४ अर्ब ६१ करोड ९९ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

बिबरणअनुसार कम्पनीले वार्षिकरुपमा ग्राहकहरुबाट हुने आम्दानी १ अर्ब २८ करोड ३७ लाख ५३ हजार रुपैयाँले बढाएको देखिन्छ ।

कम्पनीले ग्राहकहरुबाट हुने आम्दानी बढाउन सफल भएको अवस्थामा टेलिकमको अन्य आम्दानी भने घटेको देखिन्छ । अन्य आम्दानी गएको असार मसान्तमा सकिएको चौथो त्रैमासमा १ अर्ब ५१ करोड ८४ लाख ५५ हजार रुपैयाँ रहेको छ। यस्तो आम्दानी अघिल्लो त्रैमासमा २ अर्ब ९३ करोड १७ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।

तथ्यांकअनुसार कम्पनीले ब्याजबाट आर्जन गर्ने अन्य आम्दानी चौथो त्रैमासमा १ अर्ब ४१ करोड ३३ लाख १६ हजारले कमी आएको छ।

यस्तो ब्याज आम्दानीमा नेपाल टेलिकमको सहायक कम्पनीले गरेको ब्याज आम्दानी ५८ लाख ३१ हजार रुपैयाँ समेत जोडिएको छ।

कम्पनीले आर्जन गरेको नाफामा अन्य आम्दानी अर्थात बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेपमा हासिल हुने ब्याजलाई समेत जोडिएको हुन्छ जसले नाफालाई बढाउन सहयोग गर्दछ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा चालु आवमा घट्न गएको हुँदा व्याज आम्दानीमा कमी आएको उल्लेख गरेको छ।

तर ग्राहकबाट हुने आम्दानीमा देखिएको सुधारले कम्पनीलाई दिर्घकालिन र दिगो नाफा दिने संभावना रहन्छ । यसका साथै कम्पनीप्रति ग्राहकहरुको विश्वास समेत बढेको रुपमा विश्लेषकहरुले लिने गर्दछन्।

प्रकाशित: ३० श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार