६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी ह्याकरलाई ५ लाख डलर बग बाउन्टी

  • Technology Khabar | ३० श्रावण २०७८, शनिबार
६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी ह्याकरलाई ५ लाख डलर बग बाउन्टी

काठमाडौं ।

हालै जोखिम दुरुपयोग गरेर लगभग ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएको पोली नेटवर्कले उक्त ह्याकरलाई ५ लाख डलर बग बाउन्टी दिने भएको छ।

एउटा विज्ञप्तिमा पोली नेटवर्कले ह्याकरहरुलाई चोरी भएको अधिकांश रकम फिर्ता गरेकोमा ‘ह्वाइट ह्याट’ को नामले सम्बोधनसहित ‘पोली नेटवर्कको सुरक्षा अझ मजबुत पार्न सघाएकोमा’ धन्यवाद दिएको छ।

साथमा नेटवर्कले ती ह्वाइट ह्याटले ५ लाख डलरको पुरस्कार स्वीकार गरेर ब्लकचेनको क्षेत्रको विकासमा निरन्तरता दिन सक्ने पनि उल्लेख गरेको छ। नेटवर्कले आफ्ना चोरी भएका डिजिटल क्वाइन फिर्ता गरेको खण्डमा दिने भनेर छलफल भए अनुसार उक्त ५ लाख डलर बग बाउन्टीका रुपमा उपलब्ध गराउने भएको हो।

उक्त विज्ञप्तिमा बग बाउन्टी सामान्य मुद्रा या क्रिप्टोकरेन्सी कुन रुपमा दिने भन्ने खुलाइएको छैन। ह्याकरले उक्त प्रस्तावका बारेमा जवाफ दिएको तर रकम स्वीकारेको भन्ने चाहिँ खुलाइएको छैन।  

गत मंगलबार ह्याकरहरुले पोली नेटवर्कको स्मार्ट कन्ट्र्याक्टमा भएको एउटा सम्भाव्य जोखिमलाई दुरुपयोग गरेका थिए।

इथेरियमका एक प्रोग्रामर केल्भिन फिचरले ट्विट गरेको कारोबारको विश्लेषण अनुसार ती ह्याकरहरुले तीन ओटै ब्लकचेनका कन्ट्र्याक्ट इन्स्ट्रक्शनमा ओभरराइड गरेर उक्त परिमाणको रकम टोकन स्टोर गर्नका लागि बनाइएका ती तीनओटा वालेटका ठेगानाहरुमा अर्थात् डिजिटल लोकेशनमा पठाएका थिए।

यो कुरा पछि पोली नेटवर्कले थाहा पाएर सार्वजनिक गरेको थियो

पोली नेटवर्क बाइनान्स स्मार्ट चेन, इथेरियम तथा पोलिगन ब्लकचेनमा सञ्चालन हुन्छ।

यो पनि पढ्नुहोस्

यसरी चोरेका थिए ह्याकरहरुले ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी टोकन

६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी ह्याक गर्ने ह्याकरद्धारा क्रिप्टोकरेन्सी फिर्ता गर्दै

सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी ह्याकमा ६० करोड डलर चोरी

प्रकाशित: ३० श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...