यसरी चोरेका थिए ह्याकरहरुले ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी टोकन

  • Technology Khabar | २८ श्रावण २०७८, बिहीबार
यसरी चोरेका थिए ह्याकरहरुले ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी टोकन

काठमाडौं ।

हिजोआज ह्याक गर्ने विभिन्न ह्याकर समूहबीच इन्टरनेटसम्बद्ध प्रणाली ह्याक गर्ने होडबाजीजस्तै चलेको छ।

कहिलेकाहीँ प्रविधि जानेको व्यक्तिले लहडमा त कहिले भने विभिन्न देशका नामूद  ह्याकरका समूहले बदला लिने वा फिराैती माग्ने उद्देश्यले डाटाहरु ह्याक गरेर डार्क वेबमा बिक्रीका लागि राख्ने चलन बढ्दो छ।

यसै क्रममा केही दिन अघि पोली नेटवर्कमा भएको अहिलेसम्मकै सबैभन्दा ठूलो ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी ह्याकरहरुले उक्त सम्पत्ति फिर्ता दिने घोषणा गरिसकेका छन्।

उक्त ह्याकिङ प्रकरण कसरी गरिएको थियो आउनुस् थाहा पाऔं।

कसरी भएको थियो त ह्याकिङ?

गत मंगलबार ह्याकरहरुले पोली नेटवर्कको स्मार्ट कन्ट्र्याक्टमा भएको एउटा सम्भाव्य जोखिमलाई दुरुपयोग गरेका थिए।

इथेरियमका एक प्रोग्रामर केल्भिन फिचरले ट्विट गरेको कारोबारको विश्लेषण अनुसार ती ह्याकरहरुले तीन ओटै ब्लकचेनका कन्ट्र्याक्ट इन्स्ट्रक्शनमा ओभरराइड गरेर उक्त परिमाणको रकम टोकन स्टोर गर्नका लागि बनाइएका ती तीनओटा वालेटका ठेगानाहरुमा अर्थात् डिजिटल लोकेशनमा पठाएका थिए।

यो कुरा पछि पोली नेटवर्कले थाहा पाएर सार्वजनिक गरेको थियो।

पोली नेटवर्क बाइनान्स स्मार्ट चेन, इथेरियम तथा पोलिगन ब्लकचेनमा सञ्चालन हुन्छ।

के हो ब्लकचेन?

ब्लकचेन फरेन्सिक कम्पनी चेनलाइसिसका अनुसार उनीहरुले इथर र एक प्रकारको बिटक्वाइन लगायत १२ भन्दा बढी प्रकारका क्रिप्टोकरेन्सीमा उक्त रकम चोरेका थिए।

ब्लकचेन थुप्रै क्रिप्टोकरेन्सीहरुमा आधारित विभिन्न गतिविधिको लेखाजोखा राख्ने प्रणाली हो। प्रत्येक डिजिटल क्वाइनका आफ्नै ब्लकचेन हुने र ती अरुभन्दा फरक हुन्छन्।

पोली नेटवर्कले यस्ता अनतगिन्ती ब्लकचेनहरुलाई एउटै प्रणालीमा आबद्ध गरेर तिनीहरुले एक आपसमा मिलेर काम गर्ने प्रणाली हो।

क्रिप्टोकरेन्सी टोकनहरु स्मार्ट कन्ट्र्याक्ट प्रयोग गरेर ब्लकचेनहरुबीच एउटाबाट अर्कोमा पठाउन सकिन्छ। यी कन्ट्र्याक्टहरुमा अन्य पार्टीहरुलाई सम्पत्ति कहिले रिलिज गर्ने भन्ने निर्देशन लेखिएको हुन्छ।

क्रिप्टो इन्टेलिजेन्स संस्था सिफरट्रेसका अनुसार पोली नेटवर्कले ब्लकचेनहरुबीच टोकन ट्रान्सफर गर्न प्रयोग गर्नेमध्ये एउटा स्मार्ट नेटवर्कले यूजरहरुलाई प्रभावकारी रुपमा टोकन स्वाप गर्न सजिलो होस् भन्ने उद्देश्यले ठूलो परिमाणमा तरलता उपलब्ध गराउने गर्दछ।

चोरेको रकम कता गयो?

पोली नेटवर्कका अनुसार बुधबार बेलुकासम्ममा ती ह्याकरहरुले चोरिएकोमध्ये २ करोड ६० लाख डलर फिर्ता गरिसकेका छन्। तर बाँकी ३ करोड ५३ लाख डलरको भने अझै अत्तोपत्तो छैन।

क्वाइनडेस्कका अनुसार ह्याकरहरुले तीनमध्ये एक वालेटबाट चोरेका रकम कर्भ.एफआई नामक लिक्विडिटी पूलमा ट्रान्सफर गर्न खोजेका थिए तर यो सम्भव भएको थिएन।

१ करोड डलर अर्को लिक्विडिटी पूल एलिप्सिस फाइनान्समा डिपोजिट गरिएको थियो।

प्रकाशित: २८ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...