ह्वावेले फाइभजी प्रविधिमा देशलाई अलपत्र पार्ने ब्राजिललाई अमेरिकाको चेतावनी

  • Technology Khabar | २६ श्रावण २०७८, मंगलवार
ह्वावेले फाइभजी प्रविधिमा देशलाई अलपत्र पार्ने ब्राजिललाई अमेरिकाको चेतावनी

काठमाडौं ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ब्राजिलमा रहेका ह्वावेको फाइभजी प्रविधिसम्बन्धी उपकरणका बारेमा चिन्ता व्यक्त गरेका छन्।

गत हप्ता ब्राजिल भ्रमणमा रहेका बेला यस्तो अभिव्यक्ति दिएका ह्वाइटहाउसका एक अधिकारीले बताएका हुन्। तर ब्राजिलले भने ह्वावेको उपकरण प्रयोग गर्ने वा नगर्ने बारे कुनै निर्णय गरेको छैन।

राष्ट्रिय सुरक्षा परिषद्का दक्षिणी क्षेत्रका वरिष्ठ निर्देशक हुआँ गोन्जालेजले अमेरिकाले ब्राजिलले आफू र नेटो राष्ट्रहरुबीच सुरक्षा संयोजन कायम राख्नका लागि नेटोको विश्वव्यापी साझेदार बन्न लागेकोमा समर्थन गर्ने बताए।

‘हामी ब्राजिलको दूरसञ्चार पूर्वाधारमा ह्वावेको सम्भाव्य भूमिकाका बारेमा भने निरन्तर चिन्ता व्यक्त गरिरहनेछाैं’, गोन्जालेजले भने। उनले ह्वावेले आफ्नो सेमिकन्डक्टर आपूर्ति श्रृङ्खलामा ठूलो समस्या भोगिरहेको र यसले गर्दा उक्त कम्पनीले विश्वका ग्राहकलाई अलपत्र पार्ने पनि दाबी गरे।

ती अधिकारीले गोन्जालेजको यो भनाइमा ब्राजिलले तत्काल कुनै प्रतिबद्धता नजनाएको र अमेरिकाले भने ब्राजिल तथा अर्जेन्टिनालाई समेत आफ्नै स्थानीय उद्योग खडा गर्न आग्रह गरेको जानकारी दिए। एजेन्सी

प्रकाशित: २६ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार