डिजिटल वित्तिय सेवा प्रदायकलाई तीन अंकको सर्ट कोड उपलब्ध गराईने

  • Technology Khabar | २४ श्रावण २०७८, आईतवार
डिजिटल वित्तिय सेवा प्रदायकलाई तीन अंकको सर्ट कोड उपलब्ध गराईने

काठमाडौं ।

डिजिटल वित्तिय सेवाहरुको लागि अब तीन अंकको सर्टकोड प्रयोगको सुबिधा उपलब्ध हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता सेवाहरुको लागि को लागि प्रयोग हुने यूएसएसडी वा एसएमएस सर्ट कोड बारेमा निर्णय गरेसँगै अबसेवा प्रदायकहरुले सो सुबिधा लिन सक्नेछन् ।

साउन ११ गते बसेको प्राधिकरण बोर्डले तीन अंकको एउटै यूएसएसडी वा एसएमएस सर्ट कोडको रेन्ज निर्धारण गर्ने भएको छ भने त्यस्ता सेवा प्रदायकहरुले नेपाल राष्ट्र बैंकबाट प्राप्त अनुमतिको आधारमा मात्र सो सेवा पाउने भएका छन् ।

यसको लागि प्राधिकरणमा सेवा प्रदायकहरुले वित्तिय सेवा संचालन सम्बन्धमा अनुमति लिएको प्रमाण पेश गर्नुपर्नेछ।

त्यसैगरि कुनै सेवा प्रदायकले डिजिटल वित्तिय सेवा संचालन गर्दा यूएसएसडी वा एसएमएस सर्ट कोड प्रयोग गर्नुपर्ने भएमा सम्बन्धित दूरसञ्चार सेवा प्रदायकमार्फत यूएसएसडी वा एसएमएस सर्ट कोड प्राधिकरणमा अनुरोध गर्नुपर्नेछ।

त्यसैको आधारमा प्राधिकरणले डिजिटल वित्तिय सेवा प्रदायकहरुलाई यूएसएसडी वा एसएमएस सर्ट कोड उपलब्ध गराउनेछ।

यसरी दिईने सर्टकोडमा अगाडिको अंक भने अंग्रेजी ५ नम्बर हुनेछ भने पछाडिको दुई अंकले राष्ट्र बैंकबाट अनुमति प्राप्त सेवा प्रदायक भनेर बुझाउनेछ।

प्रकाशित: २४ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...