गुगलले यहि अगस्ट २६ मा पिक्सेल फाइभ ए सार्वजनिक गर्नसक्ने

  • Technology Khabar | २४ श्रावण २०७८, आईतवार
गुगलले यहि अगस्ट २६ मा पिक्सेल फाइभ ए सार्वजनिक गर्नसक्ने

काठमाडौं ।

गुगलले केहि दिन पहिले मात्र पिक्सेल सिक्सको बारेमा पहिलो आधिकारिक विवरण पेश गरेको थियो, र यस्तो देखिन्छ कि कम्पनी पिक्सेल फाइभ ए पनि रिलीज गर्नको लागी तयार छ।

अघिल्ला लीकहरुले सुझाव दिएअनुसार फोन पिक्सेल फोरए ५जीको नयाँ रुप हुनेछ र एक नयाँ रिपोर्टले सम्भावित स्पेकमा केहि थप प्रकाश पारेको छ।

फ्रन्ट पेज टेकका जोन प्रोसरका अनुसार डिभाइसमा पिक्सेल ५ को जस्तै क्यामरा फिचर हुनेछ र साथसाथै हेडफोन ज्याक र आईपी ६७ रेटिङ्ग हुनेछ। रिपोर्टले सुझाव दिन्छ कि पिक्सेल ५ए मा क्वालकमको स्न्यापड्रागन ७६५जी ५जी चिपसेटको उपयोग गर्दछ र ६ जीबी र्याम हुनेछ।

प्रोसरका अनुसारफोनमा ४,६५० एमएएच क्षमताको ब्याट्री हुनेछ तर कुनै वायरलेस चार्जिंग समर्थन छैन्। फोनमा ६.४ इन्चको डिस्प्ले राखिनेछ भने यो एक मात्र र संभवत केवल ब्ल्याक कलर विकल्पमा हुने अपेक्षा गरिएको छ।

यदि ती सबै तपाईँको रुचिअनुसार छ भने तपाईँले पिक्सेल ५ए चलाउन धेरै लामो समय पर्खनु पर्दैन। रिपोर्टले सुझाव दिएअनुसार गुगलले सो डिभाइस यहि अगस्ट २६ मा रिलीज हुनेछ। यसको बजार मूल्य ४५० डलर हुने अपेक्षा गरिएको छ।

गुगलले गत अप्रिलमा यो अझै पनि फाइभजीका साथ साथ पिक्सेल ५ए बनाइरहेको बताएको थियो । यो स्मार्टफोन अमेरिका र जापानमा मात्र अनावरण हुनेछ र यो पछिल्लो बर्षको ‘ए’ सीरीज फोन पेश भएको अनुरूप घोषणा गरिने बताएको थियो।

यसले सेप्टेम्बर २०२० मा पिक्सेल ४ ए सार्वजनिक गरेको थियो। तर गुगलले फाइभजी नभएको पिक्सेल ५ए कहिले जारी गर्ने योजना छ भन्ने स्पष्ट छैन्।

प्रकाशित: २४ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार