अन्तरिक्षमा स्याटेलाइटबाट विज्ञापन प्रदर्शन गर्ने योजना, स्पेसएक्स र क्यानेडियन स्टार्टअपले काम गर्दै

  • Technology Khabar | २३ श्रावण २०७८, शनिबार
अन्तरिक्षमा स्याटेलाइटबाट विज्ञापन प्रदर्शन गर्ने योजना, स्पेसएक्स र क्यानेडियन स्टार्टअपले काम गर्दै

काठमाडौं ।

अन्तरिक्ष अब रकेट, स्याटेलाइट, र अर्बपतिहरुको लागि मात्र नभएर अन्तरिक्षमा अब विज्ञापन पनि गरिने भएको छ।

ज्योमेट्रिक इनर्जी कर्पोरेसन, एक क्यानेडियन स्टार्टअपले  टेक्नोलोजी सेवाहरु प्रदान गर्दछ, यसले स्पेसएक्सको सहयोगमा अन्तरिक्ष विज्ञापन सम्भव बनाइरहेको इन्साइडरलाई बताएको छ।

रिपोर्टकाअनुसार जीईसीका सीईओ र सह-संस्थापक शमूएल रीडले भने, ‘कम्पनी क्युबस्याट नामक स्याटेलाइट (उपग्रह) बनाउने प्रक्रियामा छ। स्याटेलाइटको एक छेउमा पिक्सेलेटेड डिस्प्ले स्क्रिन हुनेछ जहाँ विज्ञापन, लोगो र कला देखा पर्नेछ।’

कम्पनीले क्यूबस्याटलाई स्पेसएक्स फाल्कन ९ रकेटमा लोड गर्ने योजना बनाएको छ, जसले यसलाई कक्षमा लैजान्छ र रकेट चन्द्रमामा पुग्नु अघि छोडिदिन्छ।

एक पटक अन्तरिक्षमा आफ्नो कक्षमा पुगेपछि, क्युबस्याटको छेउमा संलग्न एक सेल्फी स्टिकले डिस्प्ले स्क्रीनलाई खिच्नेछ। यो दृश्य युट्युब वा ट्विचमा प्रत्यक्ष प्रसारण गरिनेछ।

‘तेसैले जो कोहि स्याटेलाइटको स्क्रिन हेर्नको लागी ट्यून गर्न सक्छन्,’ रीडले भने।

उनकाअनुसार क्यूबस्याट २०२२ को शुरुवातमा लन्च गरिनेछ।

क्यूबस्याटमा विज्ञापन गर्नको लागी डिस्प्ले स्क्रीनमा एक पिक्सेल डिजाइन गर्न, दाबी गर्न र पत्ता लगाउनको लागी मानिसहरुले टोकन किन्नुपर्नेछ।

त्यहाँ पाँच टोकन छनौट गर्नको लागी विकल्पहरु राखिएका छन् – एक्स समन्वयको लागी बीटा, वाई समन्वयको लागी रो, चमकको लागी गामा, रंगको लागी कप्पा, र समयको लागी एक्सआई रहेका छन्।

मान्छेहरुले ईथेरियम जस्तै क्रिप्टोकरेन्सीहरुमार्फत टोकन किन्न सक्षम हुनेछन्। भविष्यमा, जीईसीले डजीक्वाइन भुक्तानी पेश गर्न चाहेको बताईएको छ।

तर रीडले प्रत्येक टोकन वा क्यूबस्याटको शुल्क कति हुनेछ भनेर बताएनन् ।

रीडकाअनुसार व्यवसायी, विज्ञापनदाता, कलाकार, र रुचि राख्ने अरु जोकोहिले क्युबस्याटको डिस्प्ले स्क्रिनमा आफ्नो चित्र वा भिजुअलहरु राख्न सक्षम हुनेछन्।

प्रकाशित: २३ श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...