चेम्बर अफ कमर्सको सूचना प्रविधि समिति गठन, सूचना प्रविधि क्षेत्रको प्रबर्द्धन गरिने

  • Technology Khabar | २२ श्रावण २०७८, शुक्रबार
चेम्बर अफ कमर्सको सूचना प्रविधि समिति गठन, सूचना प्रविधि क्षेत्रको प्रबर्द्धन गरिने

काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्सले कार्यसमिती सदस्य रत्न तारा तुलाधरको सभापतित्वमा सूचना प्रविधि समिति गठन गरेको छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिती सदस्य रत्न तारा तुलाधरको सभापतित्वमा चेम्बर अन्तरगत गठित सूचना प्रविधि समितिको सल्लाहकारमा मनोनयन भएका क्रमश बिनोद ढकाल, दीपेश प्रधान तथा सदस्यहरुमा क्रमशः प्रदीप लामिछाने, अकवर हुसेन, संजीव कुमार श्रेष्ठ, सन्तोष राजभण्डारी, मोना न्याच्छों, दीपेश हाडा, राजन कर्माचार्य, हेमन्त बराल, नबिन जोशीलाई मनोनयन पत्र प्रदान गरेका छन् ।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मल्लले यस क्षेत्रको प्रवद्र्धनका लागी सूचना प्रविधि क्षेत्रसंग आबद्ध सबै निकायहरु लाग्नु पर्ने बताए ।

उनले समितिमा नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा लामो अनुभव हासिल गरेका व्यक्तिहरुको प्रतिनिधित्व भएकोले चेम्बरको सूचना प्रविधिको क्षेत्रमा गरिने प्रयासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताए।

प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २२ श्रावण २०७८, शुक्रबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २२ श्रावण २०७८, शुक्रबार

NOC from Nagarik App

  • २२ श्रावण २०७८, शुक्रबार

E-pension verification system launched

  • २२ श्रावण २०७८, शुक्रबार