शाओमी एमआई प्याड ५ सिरिज अगस्ट १० मा सार्वजनिक हुने

  • Technology Khabar | २२ श्रावण २०७८, शुक्रबार
शाओमी एमआई प्याड ५ सिरिज अगस्ट १० मा सार्वजनिक हुने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले एमआई प्याड ५ आगामी अगस्ट १० मा सार्वजनिक गर्ने भएको छ।

केही महिनादेखि चर्चामा रहँदै आएको यो डिभाइस अन्तत: बजारमा आउने हालै कम्पनीले आधिकारिक जानकारी दिएको हो।

कम्पनीले यसको विवरणका बारेमा खासै जानकारी बाहिर ल्याएको छैन। तर कम्पनीले हालै वेबोमा शेयर गरेको फोटो अनुसार यसमा स्टाइलस सपोर्ट रहने बुझिएको छ। तर स्टाइलस पेन प्याडसँगै बन्डल गरेर आउँछ या छुट्टै किन्नुपर्छ भन्ने यकिन जानकारी दिइएको छैन।

शेयर गरिएको फोटोमा एमआई प्याड५ मा फराकिलो फ्रेम र मेटल बिल्डका साथमा एक साइडमा एन्टेना लाइन देखिन्छ जसबाट यसमा एलटीई वा फाइभजी कनेक्टिभिटी रहने पुष्टि हुन्छ।

एमआई प्याड ५ सिरिजमा एमआई प्याड ५, एमआई प्याड ५ लाइट तथा एमआई प्याड ५ प्रो गरी तीन ओटा ट्याब्लेट रहने चर्चा चलेको छ। यी सबैमा १०.९ इन्चको १२० हर्ज रिफ्रेश रेटसहितको एलसीडी डिस्प्ले रहने बुझिएको छ।

यसको बेस र प्रो मोडलमा स्न्यापड्रागन ८७० तथा लाइट भेरियन्टमा स्न्यापड्रागन ८६० चिपसेट रहने प्रारम्भिक आकलन छ। बाहिरिएको फोटोका हिसाबले हेर्दा एमआई प्याड ५ मा एमआई ११ मा रहेको जस्तै क्यामरा तथा स्टाइलस पेन राख्ने ठाउँसहितको किबोर्ड केस पनि रहने बुझिएको छ।

प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...