सामसङ एसडीआईले फक्सवागन ईभीका लागि ब्याट्री उत्पादन गर्ने

  • Technology Khabar | २२ श्रावण २०७८, शुक्रबार
सामसङ एसडीआईले फक्सवागन ईभीका लागि ब्याट्री उत्पादन गर्ने

काठमाडौं ।

दक्षिण कोरियाली ब्याट्री उत्पादक सामसङ एसडीआईले जर्मन अटो जायन्ट फक्सवागनबाट विद्युतीय सवारीका लागि ब्याट्री उत्पादन गर्ने अर्डर पाएको छ।

सामसङ एसडीआईले फक्सवागनले आफैंले डिजाइन गरेको ब्याट्री युनिफाइड प्रिज्मेटिक सेलको केही भागहरु निर्माण गर्ने बुझिएको छ। तर यो कम्पनी नै उक्त ब्याट्रीको एकल उत्पादक हुने वा अन्य प्रतिस्पर्धी कम्पनीहरु पनि छन् भन्ने खुलाइएको छैन।

फक्सवागनको धेरै शेयर रहेको चीनको गोशन हाइ-टेक तथा स्विडेनको नर्थभोल्ट पनि यो प्रतिस्पर्धामा सामेल हुनसक्ने आकलन गरिएको छ।

सामसङ एसडीआई कन्ट्र्कट उत्पादक मात्र भने होइन। फक्सवागनले यूनिफाइट प्रिज्मेटिक सेलबाट सामसङ एसडीआईलाई ‍आवश्यक पर्दा स्पेसिफिकेशन र फङ्शन पनि प्रदान गर्नेछ। यसपछि एसडीआईले डिजाइन र निर्माणको काम अघि बढाउनेछ।

यो प्रक्रिया टेस्लाले सामसङ इलेक्ट्रोनिक्सलाई आफ्नो स्वचालित सवारी एसओसीको आधारभूत डिजाइन उपलब्ध गराएजस्तै हो। फक्सवागनसँगको यो साझेदारीले सामसङ एसडीआईको आम्दानीमा उल्लेख्य बढोत्तरी हुने देखिएको छ।

प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei’s digital literacy initiative highlighted as key to closing global digital divide

  • Technology Khabar
  • २२ श्रावण २०७८, शुक्रबार