
काठमाडौं ।
सोशल मिडिया जायन्ट फेसबुकका सीईओ मार्क जुकरबर्गले हालै सोशल नेटवर्क तथा इन्टरनेटमा परिवर्तन आउन सक्ने बताएका छन्।
यसै सन्दर्भमा फेसबुकका सीईओ मार्क जुकरबर्गले उनको कम्पनीले एप, फोन तथा पर्सनल कम्प्युटरको माध्यमबाट मेटाभर्स एक्सेस गर्न मिल्ने ग्याजेट बनाइरहेको बताएका हुन्।
यस सम्बन्धमा उनले मेटाभर्सको विषय निकालेका छन्। यसपछि यसका बारेमा विश्वभर यसको बारेमा चर्चा परिचर्चा हुन थालेको छ। आखिर के हो त मेटाभर्स?
जुकरबर्गले भनेका छन्, ‘म यसबारेमा अहिल्यै छलफल गर्न चाहन्थें ता कि तपाईँहरुलाई थाहा होस् कि हामी कस्तो भविष्य मार्गमा काम गरिरहेका छै र यसका लागि हाम्रो कम्पनीले कुन प्रकारको ठूलो कदम उठाउन गइरहेको छ।’
मोबाइल इन्टरनेटको उत्तराधिकारीका रुपमा काम गर्ने
जुकरबर्गले मेटाभर्स मोबाइल इन्टरनेटको उत्तराधिकारी भएको बताएका छन्। यसकामार्फत् मानिसहरुले अहिलेसम्म गर्न नसकेका काम इन्टरनेटका माध्यमबाट गर्न सक्ने उनको भनाइ छ।
यसमार्फत् मानिसहरुले रियल टाइममा आफ्ना साथीहरुसँग ह्याङ्ग आउट गर्न सक्नेछन्। जुकरबर्गका अनुसार उनको कम्पनी यूजरहरुले एप, फोन तथा पर्सनल कम्प्युटरका माध्यमबाट मेटाभर्स एक्सेस गर्न मिल्न ग्याजेट बनाउँदै गरेको दोहोर्याएका छन्।
के हो मेटाभर्स?
सामन्य भाषामा मेटाभर्स एउटा यस्तो भर्चुअल विश्व हो जसलाई कम्प्युटर इफेक्टको माध्यमबाट मानिसहरुलाई विभिन्न प्रकारका सुविधा उपलब्ध गराउन सकिन्छ। मानिसहरुले घरै बसेर भर्चुअल तरिकाबाट विश्व परिक्रमा गर्न सक्नेछन्।
फेसबुकका सीईओ मार्क जुकरबर्गले अबको पाँच वर्षमा फेसबुकलाई पूर्णरुपमा भर्चुअल विश्वमा बदल्ने कोशिश गर्ने दावी गरेका छन्।
उनका अनुसार मानिसहरु एक ठाउँबाट हलचल नगरी अन्य व्यक्तिहरुको नजिक पुगेको अनुभव गर्न सक्नेछन्। झट्ट सुन्दा यो साँचो सावित भएमा चर्चित साइन्स फिक्शन फिल्म द म्याट्रिक्समा रहेका मुख्य पात्र नियोले बाँचेको दुनियाँ जस्तो अनुभव सबै जनाले गर्न सक्नेछन्।
भर्चुअल रियालिटी तथा अग्मेन्टेड रियालिटीको विज्ञ मानिने फेसबुकको ओक्युलस डिभिजनले कम्पनीलाई मेटाभर्सको विकास गर्नमा मद्दत गरिरहेको बुझिएको छ।
यसको चर्चा भए अनुसार नै काम हुँदै जाने हो भने केही वर्षभित्रमा इन्टरनेटको परिभाषा र यसमार्फत गर्न सकिने काम र अनुभवको परिभाषामा ठूलो परिवर्तन आउने निश्चित छ।
एजेन्सीका साथमा
प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार