काठमाडौं ।
फक्सकनले बिहीबार ताइवान चिप निर्माता म्याक्रोनिक्स इन्टरनेशनलबाट ९ करोड ८० लाख अमेरिकी डलरमा एउटा चिप प्लान्ट किनेको बताएको छ ।इलेक्ट्रोनिक्स विशाल कम्पनीले इलेक्ट्रिक गाडीको बजारमा जाने क्रममा अटो चिप्स बनाउन खोजेको छ।
इलेक्ट्रोनिक्स निर्माण कम्पनी फक्सकन, जो एप्पल जस्ता दिग्गजहरलाई यसको शीर्ष ग्राहकहरु मध्ये गणना गर्दछ, विश्वव्यापी चिपको कमीका बिचमा विश्वव्यापी चिप प्लान्टहरु खरिदका लागि खोजिरहेको छ जसले कारहरुदेखि इलेक्ट्रोनिक्ससम्म सामानको उत्पादकको रूपमा चिनाउन चाहेको छ।
आपूर्ति अवरोधले उत्पादन कटौती गर्दै र विश्वभरिका निर्माताहरुबाट आपूर्ति श्रृंखला अवरोधले यस बर्ष उत्पादनमा नै असर पार्ने चेतावनी दिँदै आएका छन्।
संयुक्त पत्रकार सम्मेलनमा फक्सकन र म्याक्रोनिक्सले ताइवानको चिप बनाउने केन्द्र हिसन्चुमा- सिक्स इन्चको वेफर फेब्रिकेशन प्लान्ट (फेब) को बिक्री यस बर्षको अन्त्यसम्म अन्तिम रूप दिईने बताए। प्लान्ट हाल सञ्चालनमा छैन।
फक्सकनका अध्यक्ष लियु यंग वेले पत्रकारहरुलाई भनेअनुसार फेब सन् २०२४ सम्म प्रति महिना १५,००० वेफर उत्पादन गर्ने तयारीमा छ, जसले एक महिनामा ३०,००० ईभी को लागी सिलिकन कार्बाइड अर्धचालक आपूर्ति गर्न सक्छ।
फक्सकनले यसअघि नै ग्लोबल ईभी बजारमा एक प्रमुख खेलाडी बन्ने योजना घोषणा गरिसकेको छ।
प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार