नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या समाधान

  • Technology Khabar | २१ श्रावण २०७८, बिहीबार
नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या समाधान

काठमाडौं ।

नेपाल टेलिकमको मोबाइलमा आज बिहानैदेखि देखिएको रिचार्ज नहुने समस्या समाधान गरेको छ। यसअघि नेपाल टेलिकमको रिचार्ज गर्न समस्या हुँदा सेवाग्राहीहरुले अनलाइन भुक्तानीमा कठिनाई भोगेका थिए।

बिहीबार बिहान ५ बजेदेखि नै यस्तो समस्या देखिएको गुनासो प्रयोगकर्ताले गरेका थिए। तर रिचार्ज कार्डबाट भने रिचार्ज भइरहेको थियो। टेलिकमले हालै सूचना जारी गरेर एमपोसलगायत अनलाइन तथा वालेटमार्फत गरिने रिचार्जको लिंकमा समस्या आएको र त्यसलाई हाल समाधान गरिएको जानकारी दिएको छ ।

अब सो समस्या समाधान गरेर सेवा शुचारु गरिएको जनाएको छ ।

यसअघि इसेवा, खल्तीलगायत वालेट तथा मोबाइल बैंकिङजस्ता माध्यमबाट भने रिचार्ज भएका थिएनन्।

प्रकाशित: २१ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार