काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक फस्टलिंक कम्यूनिकेशन प्रालिले ग्राहकहरुलाई जारी गरेको बिल बिजकमा कानून विपरित शतप्रतिशत मर्मत शुल्क लिएको भन्दै नियमनकारी निकायले कारबाही गरेको छ ।
बिराटनगरमा आधारित भई सेवा प्रदान गर्दै आएको फस्टलिंकलाई पहिलो पटक त्यस्तो कार्य गरेको भन्दै नियमनकारीले पहिलो पटकका लागि सचेत गराउँदै ध्यानाकर्षण गराउने निर्णय गरेकोछ ।
फस्टलिंकले इन्टरनेट चार्जको शतप्रतिशत सपोर्ट एण्ड मनिटरिङ्ग शुल्क लिएको भन्दै सो कार्य दूरसञ्चार ऐन विपरित भएकोमा स्पष्टिकरण मागेको थियो ।
त्यसमा कम्पनीले स्पष्टिकरण बुझाउँदै शुल्कको बारेमा जानकारी नहुँदा गल्ति भएको स्वीकार गरेकोमा कम्पनीलाई पहिलोपटकको लागि सचेत गराएको हो ।
प्रकाशित: २० श्रावण २०७८, बुधबार