काठमाडौं ।
नेपाली मोबाइल अपरेटर एनसेल आजियाटाको मुख्य लगानीकर्ता मलेसियाली कम्पनी आजियाटा बर्हादले इन्डोनेसियाको इन्टरनेट सेवा प्रदायकलाई किन्ने भएको छ।
आजियाटा र यसको सहायक एक्सएल आजियाटाले एशिया लिंक देवा र फर्स्ट मिडियासंग एक गैर-बाध्यकारी टर्म शीटमा प्रवेश गरेको छ ।
यो कारोबारमार्फत ती कम्पनीको शेयर रहेको लिंक नेट टिबिके को जारी र चुक्ता पूँजीको ६३ प्रतिशत प्रतिनिधित्व गर्ने १.८ अर्ब शेयरहरु अधिग्रहण गर्नेछ ।
आजियाटाको एक्सएल आजियाटामा ६६.४८ प्रतिशत हिस्सेदारी छ। लिंक नेट कम्पनी एशिया लिंक देवा र फस्ट मिडियाको स्वामित्वमा छ।
सम्भावित लेनदेन सम्बन्धी कुनै वित्तीय विवरण खुलाइएको छैन।
लिंक नेट एक केबल टेलिभिजन र जकार्तामा आधारित उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक हो।
प्रकाशित: १९ श्रावण २०७८, मंगलवार