जेडटीई एक्शन ३० विश्वयापी रुपमा सेप्टेम्बरमा सार्वजनिक हुने

  • Technology Khabar | १८ श्रावण २०७८, सोमबार
जेडटीई एक्शन ३० विश्वयापी रुपमा सेप्टेम्बरमा सार्वजनिक हुने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी जेडटीईको बहु प्रतिक्षित स्मार्टफोन एक्शन ३० को विश्वव्यापी रुपमा आगामी सेप्टेम्बरमा सार्वजनिक हुने भएको छ।

कम्पनीले चीनमा भने यो ब्रान्डलाई अघिल्लो हप्तामात्रै सार्वजनिक गरिसकेको छ।

कम्पनीले यो कुरा आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत् पुष्टि गरेको हो। तर कम्पनीले यो सार्वजनिक हुने यकिन मिति र यसको सम्भावित मूल्यका बारेमा केही खुलाएको छैन।

यो डिभाइस यूरोप, एसिया प्रशान्त क्षेत्र, उत्तर अमेरिका, मध्यपूर्व तथा अफ्रिकामा उपलब्ध हुने आकलन गरिएको छ।

एक्शन ३० मा जेडटीईको दोस्रो जेनेरेशनको १६ मेगापिक्सेल अन्डर डिस्प्ले क्यामरा रहनेछ। यसबाहेक यो डिभाइसमा १२० हर्ज रिफ्रेश रेटसहितको डिस्प्ले, स्न्यापड्रागन ८७० चिपसेट तथा पछाडि ६४ मेगापिक्सेलको क्यामरा रहनेछ।

चीनमा यो डिभाइसको ६ जीबी र्याम तथा १२८ जीबी आन्तरिक स्टोरेज भेरियन्टको २,१९८ चिनियाँ युआन अर्थात् ३३८ डलर तथा १२ र्याम तथा २५६ जीबी आन्तरिक स्टोरेज भेरियन्टको ३, ०९८ चिनियाँ युआन अर्थात् ४७६ डलर मूल्य तोकिएको छ भने चीनबाहिरको मूल्यको आधिकारिक खुलासा भने भएको छैन।

प्रकाशित: १८ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...