क्यानडाको ३५०० मेगाहर्ज स्पेक्ट्रम अक्शनमा कीर्तिमानी ७.२ अर्ब डलर संकलन

  • Technology Khabar | १५ श्रावण २०७८, शुक्रबार
क्यानडाको ३५०० मेगाहर्ज स्पेक्ट्रम अक्शनमा कीर्तिमानी ७.२ अर्ब डलर संकलन

काठमाडौं ।

क्यानडामा हालै भएको ३५०० मेगाहर्ज स्पेक्ट्रम अक्शनमा कीर्तिमानी ७.२ अर्ब अमेरिकी डलर संकलन भएको छ।

नेक्स्ट जेनेरेशन फाइभजी नेटवर्कको मुख्य पूर्वाधार मानिएको यो अक्शनमा देशका तीन प्रमुख दूरसञ्चार कम्पनीहरुले उठेकोमध्ये ८० प्रतिशत रकम लगाएका थिए।

उपलब्ध १५०४ लाइसेन्समध्ये १४९५ ओटा क्यानडेली कम्पनीहरुले पाएका थिए जसमा ७५७ ओटा लाइसेन्स साना तथा क्षेत्रीय सेवा प्रदायकहरुको नाममा गएको इनोभेसन मन्त्री फ्रास्वाँ फिलिपे श्याम्पेनले बिहीबार एक विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

उनले अक्शनको नतिजाले बीसीई इंक, टेलस कर्प तथा रोजर्स कम्युनिकेशन इंको दबदबा रहेको बजार प्रतिस्पर्धा बढाउने बताए।

क्यानडाका उपभोक्ताहरुले विश्वकै महंगो वायरलेस बिलका बारेमा गुनासो गर्ने गरेकामा प्रधानमन्त्री जस्टिन ट्रुडोको उदार सरकारले २०२१ भित्र एक चोथाइ शुल्क घटाउन दूरसञ्चार अपरेटरहरुलाई आग्रह पनि गरिएको थियो।

प्रारम्भिक आँकडा अनुसार यो अक्शनमा बीसीई इंकले २.१ अर्ब, रोजर्सले ३.३ अर्ब तथा टेलसले १.९ अर्ब डलर खर्च गरेका थिए।

३५०० मेगाहर्ज रेन्ज फाइभजीका लागि उपयुक्त हुन्छन्। यसमार्फत उच्च गतिको इन्टरनेट तथा स्मार्ट सिटी र चालकरहित कार सेवा सञ्चालन गर्न बाटो खुल्दछ।

क्युबेकर इंकको स्वामित्वमा रहेको भिडियोट्रोनले कुबेक, ओन्टारियो, मानिटोबा र ब्रिटिश कोलम्बियामा समेत लाइसेन्स लिएर  क्यानडामा आफ्नो भोगोलिक रुपरेखा विस्तारका लागि ८ करोड ३० लाख क्यानेडियन डलर खर्च गरेको छ।

यो गतिविधिले क्युबेकर उक्त क्षेत्रमा सेवा प्रदायक बन्ने योजनामा रहेको उद्योग विश्लेषक मार्क गोल्डबर्गको बुझाइ छ।

उनका अनुसार पहिले भएका मुख्य तीनबाहेक अन्य कम्पनी यसरी लगानीमा आउनुले यो क्षेत्रमा चोथो मुख्य सेवा प्रदायकको उदय हुन लागेको आकलन गर्न सकिन्छ।

यस सम्बन्धमा भिडियोट्रोनले एक विज्ञप्तिमार्फत् यो लगानीले क्युबेकबाहिर दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा प्रबर्द्धन गर्ने कम्पनीको महत्वाकांक्षालाई जनाउने बताएको छ।

बेल, रोजर्स तथा टेलसलेले पनि उनीहरुको लगानीले भरपर्दो फाइभजी सेवा प्रदान गर्न सहयोग पुर्याउने विचार व्यक्त गरेका छन्।

प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार