
काठमाडौं ।
चिनियाँ राइड हेलिंग जायन्ट डीडी चुजिङ्गले चिनियाँ अधिकारीलाई खुशी तुल्याउन निजी कम्पनीको रुपमा जाने विचार गरिरहेको खबरलाई अस्वीकार गरेको छ।
वाल स्ट्रीट जर्नलको रिपोर्टपछि बिहीबारको प्रि मार्केट व्यापारमा यसको शेयरहरु लगभग ५० प्रतिशतले बढेको थियो।
एक महिना पहिले अमेरिकी शेयर बजारमा आफ्नो कारोबार शुरुआत गरेपछि कम्पनी बेइजिङ्गमा अधिकारीहरुद्वारा छानबिनको घेरामा आएको छ ।
यसैबीच, केही अमेरिकी सिनेटरहरूले यसको वित्तीय बजार नियामकलाई चिनियाँ शेयर सूचीको छानबिन गर्न आह्वान गरेका छन्।
“डीडको निजीकरणको बारेमा आएका अफवाहहरु असत्य छन्, र कम्पनी हाल सक्रिय रूपमा साइबर सुरक्षा समीक्षासंग सहकार्य गरी रहेको छ,” कम्पनीले चिनियाँ सोशल मिडिया प्लेटफर्म वीबोमा भन्यो।
वाल स्ट्रिट जर्नलको प्रतिवेदनको प्रतिक्रियामा उक्त बयान आएको छ, जसले यस विषयमा परिचित व्यक्तिलाई उद्धृत गर्दै डीडीले अमेरिकामा आफ्नो हिस्सालाई हटाउने विचार गरिरहेको रिपोर्ट गरिएको छ । यसको कारणमा चीनमा नियामकहरूको बढ्दो दबाबको सामना गर्नुपरेको विषयलाई उल्लेख गरिएकोछ।
न्यु योर्क स्टक एक्सचेन्जमा डीडीको सेयर व्यापार भएको दुई दिनपछि, चीनको इन्टरनेट नियामकले अनलाइन स्टोरलाई यो एपको नराख्न आदेश गर्यो, जसले गैरकानुनी रुपमा प्रयोगकर्ताको व्यक्तिगत डाटा संकलन गरेको आरोप लगाईएको छ।
हाल कम्पनी चीनमा छानबिनको क्रममा नै रहेको छ ।
प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार