
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्रान्ड वनप्लसले सन् २०२३ सम्ममा २ लाख ५० हजार थान नर्ड फोन बेच्ने लक्ष्य लिएको छ।
यसै लक्ष्यका लागि उसले हाल आएर सस्तो तथा मिड रेन्जका स्मार्टफोनहरुमा जोड दिइरहेको छ।
बीजीआर डट आईएनलाई दिएको एक अन्तर्वार्तामा वनप्लस इन्डियाका हेड अफ सेल्स, उपाध्यक्ष तथा प्रमुख रणनैतिक अधिकारी नवनीत नाक्राले कम्पनीको २ करोड ५० लाद थानको योजनाका बारेमा पुष्टि गरेका हुन्।
उनले भने, ‘विभिन्न मूल्यमा सिग्नेचर नर्डको अनुभव प्रदान गर्दै हामीले सन् २०२३ को अन्त्यसम्म विश्वभरमा नर्ड सेगमेन्टमा २ करोड ५० लाख स्मार्टफोन बिक्री गर्ने लक्ष्य राखेका छाैं।’
अहिलेसम्म कम्पनीले नर्डका नर्ड सीई फाइभजी तथा नर्ड २ फाइभजी गरी दुई ओटा मोडल सार्वजनिक गरेको छ।
नाक्राले यो सिरिजमा भारतीय ग्राहकको अद्भूत प्रतिक्रिया आएको भन्दै यसले वनप्लसको इतिहासमा ओपन सेल्स डेमा सबैभन्दा बढी बिक्री भएको साथै समुदायको अथाह आत्मीयता पाएको बताए।
अमेजन इन्डियाले हालै आफ्नो प्राइम डे सेल्सको उत्कृष्ट सूची अद्यावधिक गरेकोमा उक्त प्लेटफर्ममा नर्ड २ फाइभी तथा नर्ड सीई फाइभजी सबैभन्दा बढी बिक्री हुनेमा परेका छन्।
प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार