
काठमाडौं ।
अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसमा हालै रुसमा बनेको नयाँ नाउका प्रयोगशाला स्थापना गरिएको छ।
बिहीबार यो प्रयोगशाला स्थापना गर्नुअघि २० वर्षअघि देखि त्यहाँ काम गर्दै आएको पुरानो मोड्युललाई हटाउनु थियो। यसमा लागि उक्त २० वर्ष पुरानो मोड्युललाई पृथ्वीको वायुमण्डलमा लयाएर जलाइएको थियो।

यूरोपियन स्पेस एजेन्सीका अन्तरिक्षयात्री तथा आईएसएसका कर्मचारी थोमस पेस्केटले यो २० वर्षक पुरानो पिर मोडलको अनडकिङदेखि आगोको डल्लो बनुन्जेलको बिदाइका फोटो तथा भिडियो खिचेका थिए।
यो पिर मोड्युल रुसी अन्तरिक्ष एजेन्सी रोस्कस्मसले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनलाई दिएको थियो।
’२० वर्ष सेवा गरेबापत् पदक पाउनुपर्नेमा रोस्कस्मसले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनको सबैभन्दा पुरानो रोस्कस्मस मोड्युललाई वायुमण्डलको यात्रामा पठाइयो’, पेस्केटले मंगलबार ट्वीट गरे।
So long DC1! After almost twenty years of service, instead of getting a medal ????, one of the @Space_Station's oldest @roscosmos modules got a little trip through the atmosphere. ????#MissionAlpha https://t.co/EP9154jL2k pic.twitter.com/8p7QI2UFDX
— Thomas Pesquet (@Thom_astro) July 27, 2021
डीसी-१ का नामले चिनिने यो पिर्स डकिङ कम्पार्टमेन्टले अन्तरिक्षमा हिँड्ने यात्रीका लागि एयरलक तथा अन्तरिक्ष यानका लागि डकिङ पोर्टको रुपमा सेवा पुर्याउँदै आएको थियो।
प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार