
काठमाडौं ।
दक्षिण कोरिया इलेक्ट्रोनिक्स कम्पनी एलजीले दक्षिण कोरियाका स्टोरहरुबाट आईफोन बेच्ने निश्चित भएको छ।
केहि समयअघि आफ्नो मोबाइल फोन उत्पादन बन्द गरेको एलजीले आफ्नो स्मार्टफोन बनाउन बन्द गरेकाले आईफोन र एप्पल प्रडक्टहरु आगामी महिना देखि दक्षिण कोरियाका एलजी स्टोरहरुमा बेच्ने भएको जेडीनेटले उल्लेख गरेको छ ।
एलजी र एप्पलले सन् २०१८ मा आआफ्नो स्टोरमा मात्रै आफ्नो प्रडक्ट बेच्ने सम्झौता गरेका थिए तर अब एलजीले आफ्नो स्मार्टफोन बनाउन बन्द गरेकाले आईफोन पनि आफ्नो स्टोरबाट बेच्ने भएको हो ।
कम्पनीले एप्पल आईफोनका साथै अन्य एप्पल उत्पादनहरु पनि दक्षिण कोरियामा आफ्नै पसलहरुमा बिक्री शुरू गर्ने खुलासा गरेको छ।
दक्षिण कोरियाको एलजी स्टोरमा एप्पलको उत्पादनहरू बेच्ने काम अर्को महिना शुरु हुने अपेक्षा गरिएको छ किनकि कम्पनीको स्मार्टफोन व्यवसायबाट बाहिर निस्केको काम यस महिनाको अन्त्यसम्ममा सम्पन्न हुनेछ। एलजीको हाल देशभरि करिब ४०० स्टोर छन् र सबैबाट एप्पलका उत्पादनहरु बिक्री गर्नेछ।
एलजीले स्मार्टफोन पुनर्विक्रेता व्यापार संगठनको साथ समस्याको सामना गरिरहेको थियो। २०१८ मा, सामसङ र एलजीले दक्षिण कोरियामा आफु सम्बन्धित स्टोरहरूमा आफ्नै स्मार्टफोनहरू मात्र बेच्न सहमत गरेका थिए।
एलजीले अब आफ्नै फोनहरू निर्माण गर्न बन्द गरिसकेकाले व्यापार संगठनले एउटा नयाँ सम्झौतामा हस्ताक्षर गरिसकेको छ जुन एलजीलाई अन्य ब्रान्डका फोन बेच्न अनुमति दिँदैछ।
तर कम्पनीले म्याक डिभाइसहरू वा एप्पलको कुनै पनि पीसी सम्बन्धित उत्पादनहरू बेच्ने छैन किनकि एलजी अझै पनि यस क्याटगरीमा उत्पादनहरू बनाउँदैछ। साथै, त्यहाँ बिक्री पछिको सेवा समेत हुने छैन, र एलजी बेस्ट शपबाट एप्पल डिभाइस किन्नेहरुले अन्य बाहिर कस्टमर सपोर्ट लिनुपर्नेछ।
यसअघि सामसङले पनि आफ्ना उत्पादनहरु बेच्न एलजीलाई दबाब दिएको थियो । एलजीले आफ्नो स्मार्टफोन बनाउन बन्द गर्ने भनेदेखिनै एप्पलले आफ्नो प्रडक्ट विक्रि गर्नका निम्ति कम्पनीसँग पहल गरिरहेको थियो ।
प्रकाशित: १४ श्रावण २०७८, बिहीबार