ऋण नतिरेको भन्दै सफ्टवेयर कम्पनी नोभिस सफ्टवेयर सलुसनलाई सात दिने म्याद

  • Technology Khabar | १४ श्रावण २०७८, बिहीबार
ऋण नतिरेको भन्दै सफ्टवेयर कम्पनी नोभिस सफ्टवेयर सलुसनलाई सात दिने म्याद
फाइल तस्विर

काठमाडौं ।

नोभिस सफ्टवेयर सलुसन प्रालि बैंकको कालोसूचीमा पर्ने भएकोछ । हालै महालक्ष्मि विकास बैंकले काठमाडौं चावहिलमा रहेको नोभिस सफ्टवेयर सलुसनलाई ऋण नतिरेको भन्दै कालोसूचीमा राख्ने प्रकृयाका लागि ऋण असुली न्यायाधिकरणमा निवेदन दायर गरेको छ ।

सो निवेदनको आधारमा न्यायाधिकरणले सो सफ्टवेयर कम्पनीलाई सात दिने म्याद दिएको हो ।

सो म्यादअनुसार नोभिस सफ्टवेयर सलुसनका बासुदेव श्रेष्ठलाई ऋण र त्यसको ब्याजसहितको रकम बुझाउन समय दिएको छ । सो समय तालिका भित्र ऋण नतिरेको खण्डमा न्यायाधिकरणले धरौटी जफतका साथै कालोसूचीमा राख्ने प्रकृया अगाडि बढाउनेछ ।

सो कम्पनीले महालक्ष्मि विकास बैंकलाई करिब १ करोड १० लाख रुपैयाँ साबाँ र ब्याज बापत तिर्नुपर्ने रहेको छ ।

प्रकाशित: १४ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार