खल्तीले ल्यायो मोबाइल टपअपमा १० प्रतिशत क्यासब्याक पाइने अफर

  • Technology Khabar | १० श्रावण २०७८, आईतवार
खल्तीले ल्यायो मोबाइल टपअपमा १० प्रतिशत क्यासब्याक पाइने अफर

काठमाडौं ।

खल्तीमा दर्ता गरिएको आफ्नो मोबाइल नम्बर टपअपमा १०प्रतिशत क्यासब्याक पाइने अफर खल्ती डिजिटल वालेटले ल्याएको छ। खल्ती, नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त अनलाइन भुक्तानी सेवा प्रदान गर्ने कम्पनी हो।

यो अफर टपअप सेवामा हालसम्म नेपाल कै सबैभन्दा बढी प्रदान गरिएको क्यासब्याक रहेको कम्पनीले दाबी गरेकोछ।

प्रयोगकर्ताहरुको लागि रहेको यस अफरले मोबाइल टप अप गर्न रिचार्ज कार्ड स्क्र्याच गर्न पर्ने झन्झटलाई न्युनिकरण गरि ग्राहकहरुको पैसा र समयको बचत गर्न उक्त अफर संचालनमा ल्याईएको खल्तीको ब्राण्ड तथा मार्केटिङ्ग प्रबन्धक शिरिष श्रेष्ठले बताए।

एनसेल, नेपाल टेलिकम, र स्मार्टको टपअपमा लागु हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन केवाईसी भेरिफाइड रहेको खल्ती आईडी कै नम्बरबाट सोही नम्बरमा रिचार्ज गर्नुपर्ने हुन्छ ।

यो योजना सिमित समयावधि को मात्र लागि रहेको छ । हरेक नेपाली महिना अनुसार एक महिनाको अधिकतम क्यासब्याक रु.१०० हुनेछ। त्यसपश्चात् १० प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ। आफ्नो बाहेक अरुको नम्बर रिचार्ज मा पनि सामान्य रूपमा पाइने १० प्रतिशत क्यासब्याक उपलब्ध हुने बताईएकोछ।

रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए ट्रान्जेक्सन हिस्ट्रीमा पुरै क्यासब्याक पाएको देख्न सकिने कम्पनीद्धारा जारी विज्ञप्तीमा जनाईएको छ।

१० प्रतिशत क्यासब्याक प्राप्त गर्नः

  • खल्ती एपको टपअप अप्सनमा गई खल्ती आइडिमा रजिस्टर गरिएको मोबाइल नम्बर र रिचार्ज गर्न चाहेको रकम दाखिला गर्ने ।
  • सबै विवरण ठिक भएको निश्चित गरि “ओके” बटन मा ट्याप गर्ने ।

प्रकाशित: १० श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...