
काठमाडौं ।
चिनियाँ प्रविधि कम्पनी शाओमीले सोमबार अर्थात् जुलाइ २६ मा नयाँ स्मार्ट होम एप्लायन्सहरु सार्वजनिक गर्ने भएको छ।
यो सार्वजनिक गर्ने कार्यक्रम विश्वव्यापी हुने भए पनि कतिपय उत्पादनहरु भने विशेष बजारहरुमा मात्र सीमित हुने बताइएको छ। यो इभेन्ट सोमबार स्थानीय समय अनुसार बेलुका ८ बजे शुरु हुने बताइएको छ।
Are you excited to meet our new smart home products?
Let's discover the magic of our new smart home series together on 26th July at 20:00 (GMT+8)! #SmartLivingForEveryone pic.twitter.com/7Dt5YF3NvP
— Xiaomi (@Xiaomi) July 24, 2021
हालै जारी भएको एउटा टिजर अनुसार सार्वजनिक हुने विभिन्न एप्लायन्समध्ये स्मार्ट कुकिङ सेगमेन्ट पनि रहने तर त्यसमा कुन कुन सामग्री रहनेछन् भन्ने चाहिँ यकिन छैन।
आफ्नो गृह मुलुक चीनमा शाओमीले सामान्यतया राइस कुकर, इन्डक्शन कुकर तथा विद्युतीय केट्लीहरु बिक्री गर्ने गर्दछ।
यो इभेन्टमा कम्पनीले विश्व बजारका लागि नयाँ रोबोट भ्याकुम क्लिनर तथा एयर प्युरिफायर पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १० श्रावण २०७८, आईतवार