
काठमाडौं ।
नासाले बृहस्पती ग्रहको पूर्णरुपमा हिउँयुक्त चन्द्रमा यूरोपामा जानेगरि योजनाबद्ध यात्रा सुरु गर्न स्पेसएक्सलाई चयन गरेको छ। यो इलन मस्कको कम्पनीको लागि ठूलो जीत हो किनभने यसले सौर्य प्रणालीको अवलोकनलाई गहिरो बनाउनेछ।
यूरोपा क्लिपर मिसन सन् २०२४ मा अक्टोबरमा फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट फाल्कन हेवी रकेटमा अक्टोबर २०२४ मा प्रक्षेपण गर्नेछ र यसको सम्झौता रकम १७ करोड ८० लाख डलरको छ।
यस मिसनमा पहिले नासाको आफ्नै अन्तरिक्ष प्रक्षेपण प्रणाली (एसएलएस) रकेटलाई उडान गर्ने योजना थियो, जुन ढिलाइ र लागतले गर्दा समस्याग्रस्त छ । आलोचकहरूले यसलाई अमेरिकाको अलाबामा राज्यको “रोजगार कार्यक्रम” भनेर सम्बोधन गरेका थिए जहाँ सो रकेट प्रणालीको धेरै विकास कार्यहरू भईरहेका छन्।
जतिबेला एसएलएस परिचालनमा आएको छैन, तर फाल्कन हेभी दुबै व्यावसायीक र सरकारी मिशनहरूमा तैनाथ गरेको छ । यसले २०१८ मा पहिलो उडान गरेको थियो जसमा यसले मस्कको आफ्नै टेस्ला रोडस्टरलाई अन्तरिक्षमा पुर्यायो।
यसले लिफ्ट अफमा ५० लाख पाउण्ड थ्रस्ट (२२ मिलियन न्यूटन्स) उत्पन्न गर्दछ, र यो लगभग १८ वटा ७४७ एयरक्राफ्टको बराबर हुन्छ। हिउँले भरिएको बृहस्पती ग्रहको सो चन्द्रमामा जीवनका लागि उपयुक्त परिस्थितिहरू पाउन सकिन्छ कि भनेर निर्धारण गर्न यूरोपा क्लिपर अर्बिटरले ४० देखि ५० पटक नजिकबाट घुम्नेछ।
यसको पेलोडमा समावेश हुने क्यामरा र स्पेक्ट्रोमिटरहरूले उच्च रिजोलुसन तस्वीरहरू उत्पादन गर्दछ र सतह तथा वातावरणको रचनात्मक नक्शा लिनेछ । यसका साथै राडारले बरफ तह भित्र प्रवेश गरेर त्यस मुनि तरल पानीको खोजी गर्नेछ। एजेन्सी
प्रकाशित: १० श्रावण २०७८, आईतवार