क्रिकेट संघले आयोजना गर्ने प्रतियोगिता डिश होमले प्रसारण गर्ने

  • Technology Khabar | ९ श्रावण २०७८, शनिबार
क्रिकेट संघले आयोजना गर्ने प्रतियोगिता डिश होमले प्रसारण गर्ने

काठमाडौं ।

नेपाल क्रिकेट संघले आयोजना गर्ने घरेलु क्रिकेट प्रतियोगिताको प्रसारण अधिकार डिश होमले पाएको छ।

नेपाल क्रिकेट संघ(क्यान) र डिश होमबीच उक्त प्रसारण अधिकार सम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ।

क्यानका अनुसार कोषाध्यक्ष रोशनकुमार सिंह र डिश मीडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्यले प्रसारण सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंहले नेपालमा क्रिकेट गतिबिधि बढाउन तथा क्रिकेट प्रतिको आकर्षणलाई थप मजबूत बनाउन सम्झौताले महत्वपूर्ण योगदान पुर्याउने बताए। कोषाध्यक्ष सिंहले डिश होमले प्रसारण अधिकार बापत क्यानलाई एक करोड पाँच लाख रुपियाँ तिर्नुपर्ने जानकारी दिए।

डिश होमले संघले आयोजना गर्ने १५ वटा घरेलु प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ।

“सम्झौतामा म्याद उल्लेख छैन्, तर डिश होमले १५ वटा प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नुपर्नेछ,’ कोषाध्यक्ष सिंहले बताए।

डिश मीडिया नेटवर्क अन्तरगतको खेलकूद च्यानल एक्सन स्पोर्ट्सले यसअघि समेत क्यानको घरेलु प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरेको थियो ।

एक्सन स्पोर्ट्सले यसअघि प्रधानमन्त्री कप र मेयर्स कपको महिला र पुरुष दुबै प्रतियोगिता प्रसारण गरेको थियो।

प्रकाशित: ९ श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • ९ श्रावण २०७८, शनिबार