
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो सहायक ब्रान्ड पोकोले एफ३ जीटी स्मार्टफोनको घोषणा गरेको छ।
यसको स्पेसिफिकेशन हेर्दा लगभग शाओमीको रेडमी के४० गेमिङ एडिशन जस्तै रहेको बताइएको छ।
यी दुवै गेमिङ फोनका बडी डिजाइन, साइज तथा तोल उस्तै र बराबर नै छन्।
यसमा १२० हर्ज रिफ्रेश रेटसहितको ६.६७ इन्चको १० बिट एमोलेड फुल एचडी+ डिस्प्ले दिइएको छ। पन्चहोल सेल्फी क्यामरा रहेको यो डिभाइमा अगाडि र पछाडि दुवैतिर गोरिल्ला ग्लास ५ लगाइएको छ। यसैगरी पछाड गेमिङका लागि फिजिकल ट्रिगर पनि उपलब्ध छ।
मिडियाटेकको डाइमेन्सिटी १२०० चिपसेट र ६ तथा ८ जीबी स्मार्टफोनमा डुअल च्यानल यूएफएस ३.१ र्याम अप्शनमा उपलब्ध हुनेछ।
यसमा पोकोले गेम टर्बो पनि राखेको जसले गेम खेल्दा डिभाइसलाई चुस्त दुरुस्त राख्छ।
यसमा पछाडि ६४ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा तथा पावरा लागि ६७ वाट चार्जिङ सपोर्टसहितको ५०६५ एमएएचको ब्याट्री रहनेछ साथै एन्ड्रोइड ११ अपरेटिङ सिस्टमसहित एमआईयूआई १२.५ दिइएको छ।
प्रकाशित: ८ श्रावण २०७८, शुक्रबार